चार पटक जन्मिने नेपालका प्रधानन्यायाधीश को हुन ?

शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक फरक जन्म मिति

काठमाडौँ ः प्रधानन्यायाधीश गोपाल पराजुली जन्म मितिको बारेमा धेरै हल्लाखल्ला भइरहेको छ । उनीसँग दुईवटा नागारिकता रहेको र ती दुवैमा उनको उमेर फरक भेटिएपछि उनी विवादमा परेका हुन् ।  उनले दस कक्षासम्म पढेको शारदा उच्च माध्यामिक विद्यालयबाट २०२६ सालमा एसएलसी दिएको तर विद्यालयको लेजरमा एसएलसी दिएको बाहेक कुनै अभिलेख राखिएको छैन ।  विद्यालयमा आगलागी भएपछि सबै पुराना अभिलेखहरू नष्ट भएको त्यहाँका कर्मचारीले बताए ।

पराजुलीको पनि डिभिजन उल्लेख छैन । त्यसको अर्थ उनी सो विद्यालयबाट दिएको एसएलसी परीक्षामा फेल भएको प्रष्ट हुन्छ । उनले सो विद्यालयबाट २०२६ साल पछि फेरि एसएलसी दिएको देखिँदैन । त्यसपछि उनले एकैचोटी २०२९ सालमा वीरगन्जको नेपाल राष्ट्रिय विद्यापिठबाट एसएलसी सरहको परीक्षा पास गरेको देखिन्छ । २०३२ सालमा नयाँ शिक्षा लागू भएपछि सो विद्यापीठ खारेज भएपछि जुन विद्यालयको कागजपत्र परीक्षा नियन्त्रण कार्यलय भक्तपुर पठाएको जानकारी विद्यालयले दियो ।

प्रधानन्यायधीश पराजुलीले सोही विद्यापीठबाट एसएलसी पास गरेको मार्क्सिट सरकारी निकायहरूमा पेश गर्ने गरेका छन् । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीमा रहेको वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको अभिलेखमा उनको जन्म मिति २०११ साल वैशाख १३ गते उल्लेख गरिएको छ । राष्ट्रिय विद्यापीठबाट २०२९ एसएलसी पास परेका उनको जन्म मिति २०११ साल वैशाख १३ गते लेखिएको छ । एसएलसीपछि क्याम्पसमा भर्ना हुँदा एसएलसीको मार्क्सिट र क्यारेक्टर सर्टि्फिकेट पेश गर्नुपर्छ तर, उनले यी प्रमाणपत्रहरु पेश नगरेको देखिन्छ ।  ०२९ सालमा एसएलसी पास गर्दा विद्यापीठमा उनले आफ्नो जन्ममिति २०११ साल वैशाख १३ लेखेका छन् भने पछि त्रिभूवन विश्वविद्यालयबाट लिएको रजिष्ट्रेशनमा उनको उमेर २०१० साल वैशाख १६ उल्लेख छ ।

२०३० साल साउन २१ गते लिएको उनको सो नागरिकतामा उनी २१ वर्ष पुगेको उल्लेख छ ।

२०६७ मंसिरमा उनले नागरिकताको प्रतिलिपी बनाउँदा जन्म मिति त्रिवि रजिष्ट्रेसनको जस्तै २०१० वैशाख १६ गते लेखिएको छ ।

उनले सकारी जागिर खाँदा न्यायालयमा आफैँ भरेको अभिलेखमा जन्म मिति २०१० साल वैशाख १३ लेखेका छन् । यसरी शैक्षिक प्रमाणपत्र र सरकारी कार्यालयमा देखिएका रेकर्डका आधारमा पराजुलीका चार वटा जन्म मिति देखिन्छन् ।

न्यायाधीशको व्यक्तिगत विवरण राख्ने न्यायपरिषदको अभिलेखमा तीन वटा उमेर भेटिएपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको पहिलो नागरिकताको जन्म मिति २००९ साउन २१ कायम गरिदिएकी थिइन् ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस