स्टेशनरीमा आगलागी लाखौँको क्षेति, पाठ्यपुस्तक भने सुरक्षित

मानदत्त रावल

जुम्ला ः चन्दननाथ नगरपालिका स्थित कार्कीमा रहेको जीपी स्टेशनरीमा आगलागी हुदा लाखौको क्षेति भएको छ भने सादायिक तथा निजि विद्यालयका पाठ्यपुस्तक भने जोगिएका छन् ।
निजि तथा सामुदायिक विद्यालयका पाठ्यपुस्तकको विग्रेता जीपी स्टेशनरीमा विद्युत सट भएर आगलागी हुदा स्टेशनरीका सामाग्री जलेर नष्ट भएका छन् भने पाठ्यपुस्तकहरु अर्काे नयाँ भवनमा स्टोर गरिएको हुनाले जल्नबाट जोगिएका हुन् ।
फागुन ७ गते विहान करिव ४ बजेतिर सामुदायिक विद्यालयको विग्रेता जीपी स्टेशनरीमा विद्युत सट् भएर आगलागी हुदा स्टेशनरीका सामाग्री जलेर नष्ट भएको जनाएको छ ।


जीपी स्टेशनरीका प्रोपाईटर गणेश रोकायाका अनुसार एक्कासी विद्युत सट भई प्रहरी घटना मुचुल्का अनुसार स्टेशनरीका सामाग्री करिव ४२ लाख ४९ हजार बराबरको क्षेति भएको छ । उनले भने अन्या सामाग्री जले पनि सामुदायिक तथा निजि विद्यालयका पाठ्यपुस्तक भने अर्काे नयाँ भवनमा स्टोर गरिएको हुनाले जलेका छैनन् पाठ्यपुस्तक सुरक्षित छ विद्यार्थीहरुलाई भ्रम नपरी अघिल्ला दिनहरु जस्तै पाठ्यपुस्तक लिईदिन आग्रह गरिएको छ ।
प्रहरी नायव उपरिक्षक डा तपनकुमार दाहालका अनुसार स्टेशनरीका सामाग्री जलेर नष्ट भएका छन् । उनले भने स्थानीय, नेपालप्रहरी नेपाली सेना अगायत अन्यको सहभागीतामा आगलागी नियन्त्रणमा आएको थियो ।
हिमाली जिल्ला जुम्ला, मुगु, कालिकोट, डोल्पा, हुम्ला लगायतका हिमाली जिल्लामाहरुमा फागुन देखि मंसिर सम्म विद्यालय संचालन हुने र पुस र माघ जाडो हुने भएकाले जाडो विदा हुने गर्दछ ।

पाठ्यपुस्तकको रकम सवै स्थानीय तहमा गएकोले गाउँपालिका नगरपालिकाले विद्यालयका खातामा हाल्ने व्यवस्था रहेको जनाएको छ । जिल्ला शिक्षा अधिकारी श्रेष्ठले भने अहिले विद्यालयमा भर्ना अभियान चलिरहेका छ ।
पाठ्यपुस्तक जुम्लाका लागि तीनवटा विग्रेताहरु रहेका छन् । जीपी स्टेसनरी, सध्या स्टेसनरी र सिजा भेगका लागि सिजाको स्टेसनरी मार्फत पाप्त गर्ने व्यवस्थापन गरिएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेश देवकोटाका अनुसार पाठ्यपुस्तकका लागि प्राप्त बजेट नआएकोले अझै पनि ५५ लाख बजेट अपुग छ । पाठ्यपुस्तकका लागि आएको बजेट ९५ लाख ३५ हजार हो अपुग बजेट माग गरी बढाएको छौँ उनले भने ५÷१० प्रतिशत तलमाथि हुन सक्छ ३१ हजार विद्यार्थीका लागि १ करोड ८३ लाख ९ सय २७ रुपैया बजेट आवश्यक पर्दछ । यो बजेट सवै ८ वटा स्थानीय तहमा जाने हो ।
जुम्ला जिल्लामा ९२ प्रावि, ३१ निमावि, ४६ मावि १५ उमावि छन् । ८ सय ७ शिक्षक दरबन्दी रहेकामा दरबन्दी रिक्त भने नरहेको जनाएको छ । १४ हजार ५ सय १४ बालक र १५ हजार ५ सय ४० बालिका गरी ३० हजार ५४ जना विद्यार्थी रहेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस