
सागर परियार, जुम्ला ः उनकै टोपी, उनकै कोट, र उनकै पटुकी बाधी गाउँमा निष्कन्छन् । घरमा भेडा बाख्रा पुर्खौउली रुपमा पाल्दै आएकाले पनि उनबाट बन्ने कपडाको व्यापार विगत धेरै गर्दथे । कुनै बेला उनको कपडा विक्री बाटै चाडपर्व मनाउने, नुन तेल गर्ने रकम कमाउन्थे । तर समयको विकास संगै राडीपाखीमा सबै आँखा नजान थालेपछि लोप हुन पुग्यो ।
समय धेरै लाग्ने तर आम्दानी कम हुने भएपछि अलि राडीपाखी बुन्न मन नलाग्ने गरेको बताउन्छन् । यो समस्या कर्णालीमाछ । तर यो दृष्य भने, जुम्ला तिला गाउँपालिका ५ चुलाकोट निवासी.कुमारो बुढाको हो । घरमा भेडा बाख्रा धेरै छन् । उन पनि उत्पादन उतिकै हुन्छ । राडीपाखी नबुनौ उन खेर जाने बुनौ आम्दानी कम हुँदा राडीपाखीको व्यापार घाटामा गएको बुढाले गुनासो गरे । हिजो आज पनि उनि परम्परागत औजारबाटै राडीपाखी बुनेर बिक्री गर्छन् । आधुनिक औजारको प्रयोगविना परम्परागत काठ, बाक, भडेला र निगालोको सामान्य औजार प्रयोग गरी बुढाले राडीपाखी बुन्दै आएका छन् ।
यस्ता औजार प्रयोग गर्दा धेरै झन्झट हुने गरेको उनी बताउँछन् । चुलाकोट गाउँकामा रहेको १ सय २० घरधुरी मध्य झण्डै १ सय घरमा भेडाबाख्रा पालन छ । अर्का भेडा पालन कृर्षकजन बहादुर शाहिले भने,अधिकांशले परम्परागत औजारबाटै राडीपाखी बुनेर बेच्ने गर्छन । एउटा राडीपाखी बुन्न २ हप्तासम्म समय लाग्ने गरेको उनी बताउँछन् । राडीपाखी, लिउ वा फेरिवा जे बेचे पनि एउटा बेचेबापत झन्डै १ हजार फाइदा हुन्छ, शाहिले थपे एउटा राडीपाखी, लिउ फेरुवा ३ हजार ५ सयदेखि ४ हजार ५ सयसम्म बिक्री गर्छौँ । जे भएपनि पहिलाको जस्तो माग घट्दो भएकाले आाम्दानी लिन नसकिएको बताउन्छन् ।
जुम्लाका राडीपाखी उद्यमी । पहिला वर्षमा कम्तीमा पनि ४० देखि ५० हजार एकजनाले कमाउन्थ्यो, तर अहिले उनीको महत्व तथा यसका कपडा लगाउने हुने फाईदाका बारेमा थाहा नभएपछि प्रयोगमा कमी आउँदा आफुरुलाई मर्का परेको स्थानिय कन्न बहादुर शाहिलेको भनाई छ । अहिलेको रंगीन गलैचा १५ सयमा आए उनीको लेउ फेरुवा झेण्डै ३५ सय ४ हजारमा मात्रै आउने भएपछि कसैले पनि नकिन्ने गरेको उनिह्ररु बताउन्छन् । एउटा राडीपाखी बुन्न २ हप्तासम्म लाग्छ, तर बेच्दा १ हजार मात्र फाइदा हुन्छ ।
उनीका कपडा लगाउदा शरिरका लागि हुने फाईदा, र यसको महत्व नबुझदा माग घटेको व्यवासायीहरुको अनुमान छ । पहिले घरमा ठुला पाउना, ईष्टमित्र आउँदा, कुनै शुभकार्य हुदाँ ओछयाउन बढि प्रयोग हुन्थ्यो ।
व्यवसायी संग छैन आधुनिक औजार
नयाँ औजार भनेको कस्तो हुन्छ थाहा छैन । जिजुबाजेले प्रयोग गर्दै आएका औजार नै प्रयोग गर्ने गरेका छौँँ,’ कन्न बुढाले भने, । जुम्लाका अधिकांश क्षेत्रका स्थानियले भेडाबाख्राबाट ऊन निकाल्ने तथा उक्त ऊन हातले केलाएर पुरानै सीपबाट कातेर राडीपाखी बुन्ने गरेका छन् । जुम्लाका चुलाकोट,तातोपानी, टोप्ला,ताम्ती,मालिकाठाटा कनकासुन्दरी लगायत अन्य गाउँबस्तीका स्थानीयले पनि राडीपाखी बुन्न परम्परागत औजार नै प्रयोग गर्दै आएका छन् । जसले समय धेरै खर्च हुने गरेको छ । जुम्लाका सबै राडीपाखी व्यवसायीहरु नयाँ औजारको पर्खाईमा छन् ।
आधुनिक औजारबारे अनभिज्ञ ः
‘आधुनिक औजार कहाँ पाइन्छ भन्ने थाहा छैन । महँगो पर्छ भन्ने सुनेको छु,’ कुडारीका हिमलाल रावतले । राडीपाखी बुन्ने आधुनिक मेसिनको ५० हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने गरेको छ । राडीपाखी उद्यमीलाई आधुनिक औजारमा आकर्षित गर्न घरेलु तथा साना उद्योग कार्यालयले अनुदान दिँदै आएको छ ।
२० प्रतिशत रकम उद्यमीले व्यहोर्ने र बाँकी ८० प्रतिशत रकम कार्यालयले व्यहोर्ने गरी अनुदान दिने गरिएको छ । तर, त्यसका लागि फर्म दर्ता गरेर राजस्व कार्यालयबाट प्यान नम्बर लिनुपर्ने हुन्छ । यस विषयमा जिल्लाका ग्रामीण भेगका अधिकांश उद्यमी अनभिज्ञ छन् । जनचेता जोगाउन आबश्यक छ ।
व्यवसायीलाई सघाउदै विकास परियोजना ः
च्याउ उम्रे जस्तै रहेका जुम्लाका सरकारी गैरसरकारी कुनै कार्यालय आफुहरुलाई सहयोग नगरेको व्यवसायीहरुको गुनासो छ । तर सेडा नेपाल द्धारा संचालित विकास परियोजनाले भेडाबाख्रा व्यवसाय प्रबद्धन उत्पादन बृद्धिका लागि समुहमा बोका दिने, बेला बेला दाना व्यवस्थापन देखि खोर व्यवस्थापनका बारेमा सिकाउने गर्दा अलि सहज भएको व्यवसायीक कर्ण हमालले बताए ।
महत्व घटे पनि उनि कपडाको व्यापार नछोड्न विकास परियोजनाले सिकायो, तरकारी खेती देखि भेडापालन कृषकहरुका लागि आबश्यक ज्ञान दिने निकाय अरु कोहि नभएको उनिहरु बताउन्छन् । यता, विकास परियोजना संयोजक दसरथ उपाध्यायका अनुसार,कृषकले आधुनिक औजारको माग गरेकाले त्यसको व्यवस्थापनमा लागेको बताए ।
कृषकहरुको स्तर बृद्धिका लागि विकास परियोजनाले कार्यक्षेत्रमा प्रभावकारी काम गरेको छ । उनले भने, अझै आबश्यतामा आधारिता कार्यत्रमलाई प्रथामिकता दिने उपाध्यायको भनाई छ । राडीपाखी व्यवसाय प्रबद्धनका लागि कृषकहरुलाई आधुनिक औजारको पहुँचमा पुराउन जरुरी छ ।