हिमाली जिल्ला जुम्लाको होली तस्बीरमा…

कर्णाली पोष्ट दैनिक

जुम्ला ः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहिबार हिमाली जिल्ला जुम्लामा हर्षोल्लासका साथ मनाइएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रुपमा विभिन्न रङ खेली मनाएको छ ।
युवाहरु जुम्ला बजारको जुगाड पुल नजिकै रङ खेल्दै म्यूजिक बजाएर हासखेलका होली पर्व मनाएको माया पछाईले बताईन् । उनले भनिन् एक आपसमा शुभकामना आदानप्रदान होली मनाउनु राम्रो हो ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको उनले सुनाईन् ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्र्वेिदक महत्व रहेको बैद्य पार्वती रावलले बताईन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस