
सागर परियार
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं शाखा जुम्लामा विस्तार भएको छ । गएको मंगलबार एक औपचारिक कार्यक्रम गरी शाखा विस्तारका साथै सोहि दिनबाट जुम्लामा सेवा शुचारु गरेको जनाइएको छ । सक्षम बिमाको सहज पहुँच पु¥याउनको लागि बिमा कम्पनीको शाखा विस्तार गरिएको हो । विभिन्न अध्ययनका पश्चात कर्णाली प्रदेशको जुम्ला शाखा विस्तार गरि सेवा प्रबाह भएको कर्णाली प्रदेश एसियन लाईफ इन्सुरेन्स बिमा कम्पनीका प्रमुख विजयराज पराजुलीले बताए । उनले भने, हरेक नागरिकहरुले भविष्यको सुरक्षाका लागि अनिवार्य बिमा गर्नुपर्दछ ।
विभिन्न बिमा कम्पन्नीले स्थानियहरुमा फैलाएको अविश्वासलाई एशियन लाईभ बिमा कम्पन्नीले पुर्ण रुपमा कम गर्दै आफ्नो लक्ष्य अनुसारका नागरिकलाई बिमाको पहुँचमा ल्याउने उनको भनाई छ । सबैमा बिमा संस्थानहरु नाफा मुखि हुन्छन भन्ने पनि शंका छ । उनले थपे, अब एशियन लाईर्फ इन्सुरेन्स कम्पनीले नाफा मुखि नभई सेवा मुखि भएर नागरिक मन जित्ने बताए । जिल्लामा रहेका विभिन्न विमा कम्पन्नी भन्दा यस विमा कम्पन्नीलाई किन विश्वास गर्ने ?
भन्ने प्रश्नमा उनले भने, एशियन लाईर्फ इन्सुरेन्स कम्पनीको हाल ४ लाख सेयर होल्डर छन्, १२ अर्व पुजी रहेको छ, भने ११ अर्व मात्रै लगानीमा रहेको छ । बिना सेवा र विश्साका कारण चल्दैन, यस अधिका २५ शखाका गरी लाखौको सख्यामा विमित छन् । त्यसैलेपनि हामी अभल र विश्वसनिय रहेको दाबी गरे ।
कर्णालीमा सेवा विस्तारको योजना
अब को केहि समयमै एशियन लाईर्फ इन्सुरेन्स कम्पनीले कर्णालीका चार जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने योजना राखेको प्रमुख पराजुलीले बताए । पहिले सुर्खेत बाट पाईने बिमाको सेवा अब जुम्लाबाट पाईने छ ।
भने छिटै कर्णालीका प्रत्यक जिल्लामा हामी पुग्छौ र सेवा विस्तार गर्छौ भन्दै तत्काल जुम्ला सिंजा लगायतका क्षेत्रमा उप शाखा विस्तार गरेर अगाडी बढ्ने लक्ष्य रहेको प्रमुख पराजुलीले तर्क छ । प्रमुख पराजुलीले निकट समयमा नै जुम्लाको सिजा क्षेत्र देखि कर्णाली क्षेत्रमा अनलाइन सेवा सहितको उपशाखा स्थापना गर्नुका साथै गाँउबस्तीमा जीवनविमाको जनचेतना सहित अन्तरक्रिया कार्यक्रम गर्ने र न्युन आयस्तर भएका व्यक्तिहरुलाई समेटेर लैजाने बताए । बिमा कम्पन्नीको मुख्य उदेश्यनै निन्न आयस्तरका नागरिलाई समेटी आत्मनिर्भर बनाउने रहेको छ ।
प्रचारमा जोड दिने सुझाब
एशियन लाईर्फ इन्सुरेन्स कम्पनी गरी जुम्लामा झण्डै ६ बढि विमा कम्पन्नी जुम्लामा रहेका छन् । तर प्रचार प्रचारको अभावमा कुनै बिमा कम्पन्नीले लक्ष्य अनुसार काम गर्न सकेको अबस्था छैन् । स्थानिय स्तरका स्थानियलाई बिमाको फाईदाका बारेमा जनचेतना नपुग्दा समस्या विगत देखि छ ।
चन्दननाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष अर्जुन कठायतले भने, बिमा कम्पन्नी जुम्लामा आउनु राम्रो कुरो हो । तर, निन्न आयस्त भएकालाई लाभाव्नित गर्न प्रचार प्रशारमा जोड दिन सुझाब दिनुभयो ।
गाउँगाउँमा गएर विमाको बारेमा नागरिकलाई सचेतीकरण गर्ने लगायतका कार्यक्रम गर्न र रेडियो पत्रपत्रिकाबाट यसका विभिन्न विष्यबस्तु बारे जानकारी गराउन पनि आग्रह गरे । जुम्लामा मात्रै दश हजार बढी विमित पुराउने लक्ष्य रहेको एशियन लाईर्फ इन्सुरेन्स कम्पनी शाखा जुम्लाले जनाएको छ ।