कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वा्चित

काठमाडौँ ः काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार भएको मतदानबाट ४४ मत प्राप्त गर्दै देउवा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रकाशमान सिंहको पक्षमा १९ मत परेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका थिए । त्यस्तै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमको समर्थन रहेको थियो ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वा्चित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस