
काठमाडौं – नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ गराउन शीतल निवास पुग्नुअघि नै प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भैसक्नुभएको थियो ।
पराजुली पदमुक्त भएको जानकारी न्याय परिषदले सार्बजनिक गरेपनि यसबारे राष्ट्रपति कार्यालय र स्वयं प्रधानन्यायाधीशलाई समेत जानकारी थिएन । शीतल निवासको भव्य समारोहमा पराजुलीले राष्ट्रपतिलाई शपथ गराएपछि मात्र उहाँ पदमुक्त भएको खबर सार्वजनिक भयो ।
यसबारे राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले उज्यालो अनलाइनसँग भने, ‘राष्ट्रपतिले पूर्व तयारी अनुसार नै प्रधानन्यायाधीशबाट शपथ लिनुभएको हो, उहाँ पदमुक्त भएको जानकारी छैन ।’
तर न्यायपरिषदले स्पष्ट रुपमा पराजुली पदमुक्त भैसकेको जानकारी गराएको छ । पदमुक्त प्रधानन्यायाधीशबाट राष्ट्रपतिले लिएको शपथ वैधानिक हुन्छ कि अवैधानिक भन्ने प्रश्न उठेको छ ।
प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते बुधवार