खोला बालै बस्ति, छाउपढि गोठमुक्त घोषणा

शुभाकर विश्वकर्मा,

मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर ६ लाई छाउपढि गोठमुक्त घोषणा गरिएको छ । मुगु जिल्लाको तेस्रो वस्तीको रुपमा बालै बस्तिलाई छाउपढि मुक्त बस्ति घोषणा गरिएको हो ।

यस अघि मध्यपश्चिम कै पहिलो वस्तिको रुपमा मुगुको शोभा गाउँलाई घोषणा गरिएको थियो भने । गत माघ २ गते वडा नम्बर ३ माथि तुमलाई पनि छाउगोठ मुक्त गरिएको थियो । स्थानिय सरकार आएपछि समृद्धिको पहिलो खुडकिलोका रुपमा छाउगोठ मुक्त बस्ति छोषणालाई तिव्रता दिईएको छ ।

महिला छुई हुदा पालना गर्नु पर्ने आधारभुत कुराहरु पुरा गरेको भन्दै उक्त बस्तिलाई घोषणा गरिएको हो । उक्त अवसरमा छाउगोठ मुक्त गराउन समहत्वपुर्ण भुमिका निर्वाह गर्ने तीन जना महिलालाई सम्मान गरिएको थियो । करिब ५५ घरधुरी रहेको उक्त गाउँमा ३ सय हाराहारी जनसंख्या रहेको छ ।

विभिन्न चरणको अनुगमन पछि मात्र वडा समृद्धिको नारा अनुसार घोषणा गरिएको वडा अध्यक्ष हर्क बहादुर ऐडिले बताए । पछिल्लो समय मुगुका महिला पनि यस अभियान तर्फ आकर्षित भएका छन् ।

मुगुका अरु सात वटा बस्ति घोषणाको अन्तिम तयारीमा छन् । यसै सोहि अवसरमा कर्णाली प्रदेश सरकारको महिनाको २ दिन श्रम गर्ने निर्देशन अनुसार उक्त अवसरमा गाउ सरसफाई पनि गरिएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस