राजनीतिक संरक्षण बाट अपराधीले उन्मुक्ति पाउन्छन् ःडिएसपी दाहाल

जुम्ला ः समयको विकास संगै अपराधिक क्रियाकलापहरु पनि बढ्दै गएका छन् । अझै समाजमा जवरजस्ती करणीका घटनाहरु बढी रहेका छन् । नेताहरुको संरक्षण, गरिबीपन, अशिक्षा, जनचेतनाको कमी, पहँुचको अभाव लगायतका कारण ग्रामिण देखि शहर क्षेत्रका महिलाहरु बलात्कृत भएका महिला तथा किशोरीहरु न्यायलयमा पुग्न सकेका छैनन् । समाजमा दण्डहिनता बढेका अपराधका घटनाहरुले पछिल्लो समय बढ्दै गएका छन् ।

अपराधिक क्रियाकलापमा सग्लन व्यक्तिहरुको संरक्षणमा राजनीति पार्टीका नेताहरु लागेका कारण बलात्कार, हत्या, हिंसा लगायतका घटनाहरु बढ्दै गएका हुन् । समाजमा भईरहेका विभिन्न अपराधजन्य घटनाहरुको न्युनिकरण गर्न दोषीलाई राजनीतिक संरक्षण दिने प्रबृद्धिको अन्त्य हुन आबश्यक रहेको प्रहरी नायव निरिक्षक डा. तपन दाहालले बताए । उनले भने दोषी वा अपराधीलाई उन्मुक्ति दिनका लागि नेताहरु प्रहरी कार्यालय घण्टौँ भर्ना दिएका बसेका हुन्छन् भने टेलिफोनमा कुरा गर्नेहरु पनि उत्तिकै छन् ।

प्रहरी निरिक्षक डा दाहालका अनुसार उजुरीका रुपमा आर्थिक बर्ष २०७१÷७२ देखि अहिले सम्म ६ वटा जर्वजस्ती करणीका घटना प्रहरीमा दर्ता भई केही मुद्दा चालु अवस्थामा छन् भने केही घटनाका अपराधि वा दोषीहरुले कैद भुक्तान गरिरहेका छन् ।  अप्राकृतिक मैथुन दुई जर्बरजस्तीकरणी उद्योग एक गरी जम्मा नौ वटा मुद्दा दर्ता भएको उल्लेख गरे । जुम्लामा जर्बरजस्तीकरणी तथा उद्योग सम्बन्धीका विभिन्न घटनाहरु थुपै्र हुने गरेका छन् । अझै पनि समाजमा घटना घटे पनि प्रहरीमा उजुरीका रुपमा आउने गरेका छैनन् । सजाय कम हुने हिसाबले मिलोमत्ताको आधारमा जर्बजस्तीकरणीलाई पनि उद्योगमा दर्ता गर्ने न्यायिक विज्ञहरु बताउने गरेका छन् । करणी भन्दा पनि उद्योगमा मुद्दा दर्ता भएको खण्डमा ५० प्रतिशतले सजाय कम हुने गरेकोले पनि त्यो बाटो अपनाउने गरेको पाईन्छ ।

दोषीलाई राजनीतिककर्मीको संरक्षण, आर्थिक चलखेल, कानुनको ज्ञान नहुनु, प्राय घटना उद्योगका रुपमा आउनु, पिडितलाई क्षेतीपुर्ति दिनसक्ने कानुनी व्यवस्था नहुनु लगायतका कारणले समाजमा विभिन्न खाले अपराधका घटनाहरु घट्ने गरेको प्रहरीको अनुमान छ ।

निमित्तप्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले हिंसा पिडित महिलाहरुको सुरक्षाका लागि अल्पकालिन आश्रय सहितको सेवा केन्द्रको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । उनले पनि दोषीलाई राजनीतिकर्मीले दिने संरक्षण अन्त्य नभए सम्म समृद्धि सम्भव नरहेको उल्लेख गरे ।
लुवाई खुवाईले पनि बलात्कारका घटना बढ्दै छन् । समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भने, यस स्वयम् व्यक्ति पनि सुरक्षित हुने, राज्यको कानुनलाई पालाना गर्नु पर्नेमा जोड दिए । गाउँस्तरमा महिला सचेतीकरण कार्यक्रमलाई जोड दिनुपर्ने महिला विकास अधिृकत विन्दु कुवँरको भनाई छ ।

अपराध न्यूनिकरण गर्न तीन महिने कार्यक्रम
जिल्ला प्रहरी कार्यालय आयोजना तथा अन्य सरोकारवाला निकाय सहयोग समन्वयमा जुम्लामा हुने विभिन्न प्रकृति घटना न्युनिकरण गर्नका लागि तीन महिने जनचेतना मुलक कार्यक्रम गरिने भएको छ । तीन चरणमा हुने जनचेतना मुलक कार्यक्रममा, मुलुकी ऐनमा भएका व्यववस्था, दोषीलाई हुने सजाय, सजायका प्रकार हिंसा कम गर्न आम नागरिकको भुमिका लगायतका बारेमा अभिमुखिरकण गराईने छ ।

विशेषगरी विद्यालय, किशोरी समुह, बालक्लब, महिला समुहलाई बढि लाभान्वित हुनेगरी कार्यक्रम संचालन गर्नु पर्ने सरोकारवालाहरुको जोड छ । सजिलै रुपमा आफ्ना पीडाहरु न्यायिक निकायमा ल्याउन सक्ने क्षमताको विकास गर्नुपर्ने महिला अधिकार कर्मी भगवती श्रेष्ठले बताईन् ।
उनले धाकधम्की, डर त्रासका कारण पनि जबरजस्तीकरणका घटनाहरु उद्योगका रुपमा आउने गरेको भन्दै त्यसमा सबै सरोकारवालाले चेतना फैलाउन आवश्यक रहेको टिप्पणी गरिन् ।

तीन महिनाको अबधिमा ९ वटा अन्तरक्रिया कार्यक्रम हुने छ । तीन महिनाको अवधिमा हिंसाका हुने कारण पत्ता लगाई जाडरक्सी जुवातास अन्त्यका साथै हिंसा मुक्त जिल्लाका बनाउने विषयमा छलफल चलाईनु पर्नेमा नागरिक समाज जुम्लाका संयोजक राज बहादुर महतले जोड दिए ।

जुम्लामा जबरजस्तीकरणीका घटना न्युनिकरण गर्नका लागि सरोकारवाला निकायको समन्वय र सहकार्य गरी आबश्यकता पहिचान गर्ने, जबरजस्तीकरणी अपराध नियन्त्रणका उपाय, हिंसा नियन्त्रणमा सरोकारवालाको भुमिका गरी तीन ऐजेण्डामा केन्द्रित रहि विभिन्न क्रियाकलपा गर्ने जुम्लामा मंगलबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रमको निष्कर्ष छ । यसले पिडित महिलाको संख्या क्रमिक रुपमा घटाउने पनि अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस