
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पहिलो पटक बैठक बसी सात निर्णया गरेको छ । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा जुम्लामा सिनेटको बैठक शनिबार बसेको हो ।
सिनेट बैठकमा तिन सय शैयाको भवन निर्माण लगायत अन्य विभिन्न शिर्षक अन्तगत आर्थिक बर्ष २०७४।०७५ का लागि अपुग भएको बजेट पाँचौँ सभाबाट अनुमोदित गरी थप बजेटका लागि निर्णय गरिएको छ । त्यसैगरी प्रतिष्ठानबाट आर्थिक बर्ष ०७५।०७६ का लागि प्रस्थापित बार्षिक बजेट पारित भएको छ । पारित बजेट भने निर्णयमा खुलाएको छैन ।
सिनेट बैठकमा प्रतिष्ठानको दोस्रो पञ्चबर्षीय योजना अन्र्तगतको दोस्रो गुरुयोजन संसोधन सहित पारित भएको भएको रजिष्टार विश्वराज काफ्लले बताए ।
प्रतिष्ठानले आगामी शैक्षिक सत्र देखि संचालन गर्न लागेको एमविविएस र एमडिजिपि, एमडिएमएस लगायतका कार्यक्रमहरु संचालन गर्न कर्णाली प्रदेशका सवै जिल्ला अस्पताल, मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेत र ऐनले तोकेका प्रदेश न ७ का तिन जिल्ला (अछाम बझाङ र बाजुरा) जिल्लाका अस्पतालहरुलाई शैक्षिक कार्यक्रम संचालन गर्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ ।
त्यसैगरी प्रतिष्ठानका शैक्षिक कार्यक्रम विस्तार गर्नका लागि आवश्यक पर्ने शिक्षक तथा कर्मचारीहरुको प्रस्तावित दरवन्दी स्वीकृत गर्ने, नेपालको संविधानको मर्म अनुसार सामाजिक न्यायको सिद्धान्तको आधारमा यस प्रतिष्ठानमा मेडिकल तथा नसिङ विधाका शैक्षिक कार्यक्रमहरु संचालन गर्नका लागि सम्वन्धीत काउन्सिलहरुबाट विशेष व्यवस्थापन गनिने निर्णय भएको छ ।
प्रतिष्ठानले संचालन गरेका सम्र्पुण शैक्षिक कार्यक्रमहरुको छात्रबृत्ति वितरण गर्दा यस प्रतिष्ठानको ऐनको दफा ३२, ३३ र ३४ अनुसार विछडिएका क्षेत्रका जिल्लाहरु र कर्णाली प्रदेशका बाँकी जिल्लाहरु पश्चिम रुकुम, सल्यान, दैलेख र सुर्खेतलाई पनि छात्रबृत्ति कोटा उपलव्ध गराउने समेत सिनेट बैठकमा निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।