रुपान्तरणकारी बचत अहिलेको आवश्यकता

जुम्ला ः एक प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी सहजकर्ताहरुले रुपान्तरणकारी बचत अहिलेको आवश्यकता भएको औल्याएका छन् । अहिलेको बर्तामान समयमा थुरै समुह सहकारीले आफ्ना कार्यक्रमहरु बचतबाटै सुरु गर्ने गरेका छन् तर तिनै बचत कार्यक्रमहरु व्यवस्थित नभएको सहजकर्ता अर्थात सहभागी कृष्ण न्यौपाने बताए । उनले भने यस रुपान्तरणकारी बचत प्रशिक्षक प्रशिक्षण कार्यक्रम नयाँ आयाम थपेको छ अझै बचतका विषयमा थप प्रष्ट भएको छ ।

त्यसैगरी सहजकर्ता राजपुरा नेपालीले बचत हरेक व्यक्तिको सारथी भएको बताईन् । उनले हरेक व्यक्तिले बचत के हो र बुझ्नुका साथै सवैले बचत गर्न आवश्यक रहेको छ । रुपान्तरणकारी बचत अहिले एक प्रष्कृतका रुपमा बुझिएको छ यसलाई हरेक व्यक्ति समुह माझ लैजान आवश्यक रहेको छ ।

रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम समापनका सभाध्यक्ष तथा कर्णाली दिगो विकास प्रतिष्ठान(कास्डा) जुम्लाका अध्यक्ष डा.कलबहादुर रोकायले रुपान्तकारी बचत पहिले हुदै आएका जो गर्दै आएका बचत भन्दा फरक रहेको बताए । उनले भने यसलाई सवैले बुझ्न र सोही अनुसार कार्यन्वयनमा ल्याउने आवश्यक रहेको छ । यस प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी सहजकर्ताहरुले धेरै कुरा बुझ्नु भएको होला सवैलाई आआफ्नो क्षेत्रमा कार्यन्वयनमा ल्याउनु पर्दछ ।

वल्र्डभिजन इन्टरनेशनल नेपालका कृषि तथा आर्थिक विशेषज्ञ कृष्ण तिरवारीले विगत लामो समय देखि जुम्लामा काम गर्दै आईरहेको बताए । उनले भने यहाँका समुदाय अर्थात समाजको जिवनस्तर सुधारका लागि काम गर्दै आईरहेको छ । जुम्लाका पुर्वी र पश्चिम भेगमा अहिले रुपान्तरणकारी बचतका कुरालाई अघिसारेको छ उनले भने समुह मार्फत यस्ता कुरा अघि बढाउने र आगामी बर्ष सन् २०१९ देखि सप्टवरमा राखेर बचत व्यवस्थित गरिने छ । जेठ ६ गते देखि सुरु भएको पाँच दिने रुपान्तरणकारी बचत समुह सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस