कालिकोट । कालिकोट जिल्ला नरहरिनाथ गाउपालिका वडा नम्बर ९ निवासी महिला वडा सदस्य ४५ वर्षिया मना सार्कीको कुटपिटबाट मृत्यु भएको छ । जेठ १९ गते राती ९ः३० बजे स्थानीय बासिन्दा राजिन्द्र शाही, र्शिजना शाही लगायतले कुटपिट गरेको आफ्न्तको आरोप छ । सार्कीको गत शनिबार राति ११ बजे मृत्यु भएको हो ।
उनका श्रीमान चुरे सार्की रोजगारको सिलसिलामा भारतको अलमोडामा छन् । ३ छोरा र ३ छोरीकी आमा समेत रहेकी सार्कीको हत्याका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जानकारी दिएको छ ।
मृतक सार्कीको लास पोस्टमाटमको लागि जिल्ला अस्पताल मान्ममा लगिएको छ । कुटपिटमा संलग्न भएको हुनसक्ने भने सोही वडा कि राजिन्द्रा शाही, श्रीजना शाही र दुर्गा शाहिलाई प्रहरिले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालाय लगेको जानकारी दिएकोछ।
sorce-ruralnepal.com
प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते सोमवार