
दुनै । सडक निर्माण हुन थालेपछि कालापार जान रोकेको छ पुरुष तथा महिलालाई। कालपार रोकेपछि सड्कले गाउमै रोजगारिको सृजना गरेको छ। बिहान र बेलुकी मात्र होइन बर्षभरिको दैनिकी गुजारा धान्न धन कमाउन कालपार जाने गरेका डोल्पा,रुकुम,जाजरकोटका पूरुष तथा महिलाहरू सड्क निर्माण सूरु भएदेखि कालपार जादैनन।
जाजरकोट डोल्पाको सड्कामा काम गरेर लाखौ कमाउने भएकोले उनीहरूको कालपारको बाटो सधैका लागि बन्द भएको सड्कमा काम गरिहेका कामदारहरू सुनाउछन। उनीहरू भन्छन अरुको देशमा गएर घन ठोक्नु भन्दा आफ्नै देशमा सबै गर्नु ठिक छ।
कालपार बाहेक अरु कुनै उपाय पनि थिएन त्यति बेला हाम्रै देशमा आमाी जस्ताको कमाइ खाने जाजरकोट डोल्पा सड्क खण्डको शिरिबिण्डेको भिरमा ड्रिल मेसिन चलाइरहेका महेश कुमार बुढाले सुनाए। उनले भने काम त सजिलो के हुन्छ र दुख सबैमा छ तर यहा त आफनै देशमा आफनै घरमा आफन्त संग काम गरि दाम कमाउदाको आन्नद अर्के छ।
हाल पनि दैनिक सरकारी जिल्ला दररेट अनुसार सयौ कामदारले सड्क निर्माणको काम गरि रहेकाछन। भारतको कालपारमा बर्ष दिन बसेर खालीहात घर फर्कने सयौ पूरुषहरू सड्क निर्माणमा तिर लागे पछि अहिले एक महिनामा २५ हजार भन्दा धेरै बचत मात्रै गर्ने गरेका छन,कामदारहरूका नाइके कालीबहादुर बढाले जानकारी दिए।
रमाउदै काम गरेका छौ सबै आफन्तहरू मात्रै छन एकले अर्कोलाइ सहयोग गर्छौ रमाउदै काम गरेको त पत्तो नै हुदैन कालपारमा त कहिले यस्तो अनुभुति गर्न पाएन लालभक्त बुढाले सुनाए। उनले भने आफनो जन्मथलो आफनो देशको कानुन नेपाली भाषा यहि त गर्ब छ नेपाली हुनुमा सबै कुरा सजिलो छ उलने खुसि ब्यक्त गरे नेपाली भएकोमा।
हाल दैनिक सरकारी जिल्ला दररेटअनुसार सयौं कामदार सडक निर्माणमा खटिरहेका छन्।
२०६७ सालबाट सूरु भएको जाजरकोट डोल्पा सड्क खण्डको १ सय १७ दशमलब ७ किलोमिटर सड्क निर्माण कार्य हाल पनि निर्माणधिन अबस्थामा रहेको छ। अब एक दशमलब पांच किलोमिटर कडा चट्टान मात्रै निर्माण हुन बाकि रहेको छिन्चु÷जाजरकोट÷डोल्पा,दुनै सड्क निर्माण कार्यदलका प्रमुख नेपाली सेनाका कर्णेल बिश्व बन्दु पाहाडीले जानकारी दिए। उनका अनुसार अब कालपार जादैनन अधिकांश पुरुष र महिलाहरू सड्क निर्माणमा जुटेका जानकारी दिए। उनले भने हरेक बर्षमा ७ सय भन्दा धेरैले सड्क निर्माणमा काम गरि आम्दानी गरेर घरखर्च चालउने गरेको ठोकुवा गरे।
दशै र तिहार मनाएर झोलीझिम्टा बोकेर कालपारको लागि हिड्ने गरेका रुकुम गोतामकोटका बिरमान कामिले कालपारको बाटो याद नगरेको ६ बर्ष भयो। उलने ६ बर्ष देखि जाजरकोट डोल्पाको सड्कमा काम गर्दै आएका छन। निकै दुख हुन्थ्यो भाषा आउदैनथ्यो बहादुर भनेर खुबै काम लगाउथे तर आम्दानी भने घर आउदा १० हजार आईसि पनि ल्याउदैन थियौ बिरमानले कालपारको कमाइका बारेमा सुनाए।
जाजरकोट घर भएका ६० बर्ष पुग्न लागेका बिरमानले सड्क खनेरै कमाएको रुपैयाले घर मात्र होइन छोरी पनि काठमाण्डौमा पढाएको सुनाए। उलने भने मेरौ त जागरि नै भै सक्यो मेरो इमान्दारीताको कामबाट नेपाली सेना पनि सन्तुष्ट छन। हाल म पूरै कामदारहरूलाइ काम सिकाउछु र आफै पनि खटेरै काम गर्छु कमाइ राम्रो छ उनले थपे।
नेपाली सेनाले जिम्मा लिएको जाजारकोट डोल्पा सड्क खण्डमा कामदारहरूलाइ खानाको ब्यवस्था गरिदिएको छ। कामदारहरू समुह समुहमा मिलेर पालमा बसेका छन बिहानै उठेर गित गाउदै रमाउदै सड्क खन्ने गर्दा निकै रमाइलो अनुभब गराउछन बटुवा तिर्थ रोकायाले बताए। उलने भने आफुलाइ पनि काम गरुगरु लाग्ने बनाउछन सड्क खन्ने कामदारहरू किन जानु कालपार यति रमाउदै आफनै देशमा काम गर्न पाए।
हाल जाजरकोट,रुकुम र डोल्पाका सयौ पुरुष तथा महिलाहरूले सड्क निर्माणमा काम गरि रहेको निर्माण कार्यदलका प्रखुख कर्णेल बिश्व बन्दु पाहाडीले जानकारी दिए। एक बर्षमा खाएर अन्य खर्च गरेर पनि सड्क खनेको आम्दानी २ लाख भन्दा धेरै हुने सम्झना बुढाले जानकारी दिइन।
हाल सड्क खन्न एकै घरमा ४ जना सम्म जाने गरेको उनीहरू बताउछन। कामदारहरू सुनाउछन कालपार त घरैमा छ सड्क पनि खनिन्नछ बिकास पनि हुन्छ दामा पनि कमाइन्छ कुनै चिन्ता छैन।
यो खबर टेकबहादुर शाहिले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।