व्यवसायिक तरकारी खेतीमा कृषक आकर्षण

जुम्ला ः स्ववदेशमा रोजगारी छैन भन्दै लाखौँ नेपाली युवा विदेशमा रोजगारीका लागि जान्छन् । स्वदेशमै उद्यम गर्न सके मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा अझै पनि बुझ्न बुझाउन सकिएको अवस्था छैन । विदेशको मोटो रकम आँखा देख्ने बानीले स्वदेशको माटो बाँझो हुन थालेको छ ।


स्वदेशममै उद्यम गरेर उदाहरणीय काम गरेका व्यक्तिहरु पनि धेरै छन् । विहान बेलुकाको छाक टार्न र लुगाफाटो गर्नका लागि स्वदेशको उद्यमी बनेर काम गर्न सकिन्छ । तर पनि हाम्रा युवा प्रति विदेशको मोह बढि छ । स्वदेशमै समृद्धिको सपना सजाउने हो भने सवै कुरा सम्भव हुनेमा जुम्लाका किसान दाजुभाई विश्वास गर्छन् ।
जुम्लामै बसेर विगत पाँच बर्ष देखि तरकारी खेती गर्दै आएका तिला गाउँपालिका–३ कुडारीका कृषक कर्ण हमाल पहिला कसरी तरकारी खेती गर्ने, कहाँ बेच्ने भन्ने विषयमा अलमल हुन्थ्ये । विस्तारै प्रविधिक युक्त खेतीका विषयमा थाहा पाउदै गए उनी तरकारी खेतीबाटै मालामाल कमाउन थालेको बताउन्छन् । पहिला तरकारी खेती गर्न झनजट मान्ने उनी उनका परिवार अहिले दिलो ज्यान दिएर तरकारी खेतीमा लागेका छन् ।
उनका परिवार रातदिन नभनेर खेतबारीमै काम गर्छन् । टमाटर, प्याज, आलु, खुर्सानी, काँख्रा, काउली गाँजर लगाएतका तरकारी कर्ण हमालका बारीमा बाहै्रमास फलाउन्छन् । उनी विहानै उठेर कुडारीबाट पश्चिम पर्ने नाग्म, रारा, त्रिवेणी तथा पुर्वको जुम्ला सदरमुकाम, एैरेनी, तातोपानी बजारमा बेच्ने गरेको उनको भनाई छ ।
कुनै पनि खेती, व्यवसायलाई व्यवसायिकता बनाउन सके मनग्य आम्दानी गर्न सकिने बुझेको कृषक हमालले बताए । ५ रोपनी जग्गा भाडामा लिएर व्यक्तिगत तरकारी खेती गरेको छु, उनले भने अहिले बार्षिक रुपमा सबै खर्च कटाएर ३ लाख बचत हुन्छ । पहिला केही रकम कामदारहरुमा खर्च हुन्थ्यो । तर अहिले विकास परियोजनाले हाते ट्याक्टर सहयोग गरेपछि ज्यालाको रकम पनि बचतमै जोडिएको उनले बताए । तरकारी खेती गरेर लाखौँ रकम कमाएका कृषक हमाल आफुले अब तरकारी बेरेरै करोडौँको मालिक बन्ने सपना देखेको बताए । पहिला बार्षिक हजारमा कमाउन्थे, अहिले लाखमा छु । प्रविधियुक्त तरकारी खेतीमा जोड दिदै, विभिन्न शहरमा जुम्लाको अर्गानिक तरकारी पठाउने उनको अठोट छ । व्यवसायिकता नभएसम्म आम्दानी गर्न नसकिने उनको भनाई छ । तिला गाउँपालिकाको कुडारीमा बस्ने कर्ण हमाल एक उदाहरण तथा सफल किसान यस्ता नमुना किसानको जुम्लामा कमी छैन् । तर व्यवसायिकता तिर बल्ल लागेको र तरकारी बेचेरै करोड पतिको सपना आफुले पनि सजाएको तातोपानी १ कृषक परान धरलाले बताए ।
सामुहिक तरकारी खेती
तिला गाउँपालिका ३ का कर्ण हमालको सफल्ता संगै कुडारीका ३० जना बढि स्थानियले एकै साथ तरकारी खेती गर्न थालेका छन् । व्यवसायीकताले हरेक व्यक्तिलाई आफ्नो उचाईमा पुराउने भन्दै यहाँका किसान दाजुभाई व्यवसायीक तरकारी खेतीतर्फ आर्कषित भएका छन् ।
विहान बेलुका खाने मात्रै नभई तरकारी खेतीलाई आर्थिकसंग जोड्ने प्रयासमा जुम्ला तातोपानी ३ का किसान लागि परेका छन् । जुम्लाको वर्तमान खडेरी परिरहेको अबस्थामा पनि यहाँका किसानले बारीमा गोलभेडा, प्याज, काँख्रा पलाई बेचिरहेका छन् । व्यवसायिकताले आम्दानी गर्न समय नलाग्ने कृषक कालीबहादुर बुढाले बताए । उनले भने, पानी भएको ठाउँमा पनि विकास परियोजनाले साना सिचाई प्रविधिक जडान गरेको जसले तरकारी खेती गर्न सहज भएको छ । अब झिनोमसिनो खेती गर्दैनाँै, अर्का किसान प्रदिप रावलले भने, व्यवसायिकतामा जोड दिन्छौँ ।
उत्पादन गर्छौ बजारमा बेच्छौ अनि पुरा गर्छौ करोड पति बन्ने सपना । स्याउ सिमि देखि तरकारी खेतीमा हामी प्रविधियुक्त सिप सिकेका छाँै, जुम्लाको अर्गानिक बस्तु बाहिर जिल्ला नियात गरिसके पछिमात्र बढी आम्दानी लिन सकिने कृषक पुर्णबहादुर रावलले बताए । जग्गा पनि आफ्नै छ, सबै मिलेर तरकारीमय लिताकोट गाउँ बनाई मनग्य आम्दानी गर्न सकिने उनको भनाई छ । लिताकोट गाउँबाटै आधा टन गोलभेडा मात्रै यो सिजनमा निर्यात हुने अनुमान गरिएको छ । लिताकोटमा २० जना कृषकले विभिन्न तरकारी खेती गरिरहेका छन् ।
२० रोपनी जग्गामा तरकारी खेती
व्यक्तिगत तरकारी खेतीमा सफल किसान कर्ण हमालको सफल्तासंगै तिला गाउँपालिका ३ कुडारीका ५ जना युवा उनीसंग साझेदारी गरेर सामुहिक तरकारी खेती गरिरहेका छन् । झण्डै २० रोपनी जग्गा भाडामा लिएर सामुहिक तरकारी खेती सुरु गरेको कृषक दिपेन्द्र हमालले बताए । २ लाख लगानी गरेका छौँ । सिचाइका लागि पाइप, आवश्यक प्रविधि, विउ विकास परियोजनाले सहयोग गरेको छ । पाँच जनाले गरेको सामुहिक तरकारी खेती कुडारीमै नमुना बनेको छ । कर्ण हमालको आम्दानी देखेर हामीलाई पनि तरकारी खेती गर्न अभिप्रेरित गरेको अर्का किसान पदम भट्राईको भनाई छ ।
कर्ण हमालको अगुवाईमा दिपेन्द्र हमाल, पदम भट्राई, लालबहादुर भटराई र जयलाल भ्टराईले सामुहिक तरकारी खेती गरेका हुन् । यो वर्षमा मात्रै १५÷२० लाख आम्दानीको लक्ष्य राखेका छौँ । मौसमी बेमौसमी सबै तरकारी खेती गर्ने दिनरात नभरी काम गरिरहेको उनीहरु बताउन्छन् ।
कृषकको सहयोग बन्यो विकास परियोजना
हामीलाई करोड पतिको सपना देखाउने विकास परियोजना नै हो । प्रविधि, ज्ञान, सिप, विउ, सबै सहयोग गरेको छ । स्वदेशमै गरे सुन फलाउन सकिने सन्देश पनि विकास परियोजनाले दिएको कृषक देविकन्या भट्राईले बताईन् । जुम्लाका गाउँमा गाउँमा तरकारी खेती भईरहेका छन् ।
उनले थपिन पछिल्लो समय किसानलाई प्रविधि युक्त तरकारी खेतीका लागि जानकारी दिने गरेको छ । यता, विकास परियोजनाका कार्यक्रम संयोजक दशरथ उपाध्यायले भने, सिप र प्रविधि युक्त बनाई किसानलाई आत्मनिर्भर बनाउने काम भईरहेको छ । सफल हुने किसानमा निर्भर रहने कुरो हो । उनले भने, तर विकास परियोजानको सफल्ता नै जुम्लाको किसानको आयस्तरमा आएको परिवर्तन नै भएको उल्लेख गरे । हामी अझै आवश्यकतामा आधारित कुराहरु सिकाउने गरेका छौँ । किसानको माग अनुसार काम गर्ने उनको भनाई छ । उत्पदित तरकारीको बजारीकरण तथा आयस्तरमा बृद्धिका लागि पनि बेला बेला बहस गर्ने गरेको बताए । कृषिबाटै आत्मनिर्भर बनाउने हाम्रो अभियानमा कृषक जागरुक भएर लागेका छन् ।

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस