
जुम्ला ः स्थानिय तह समृद्धिका लागि तातोपानी गाउँपालिकाले जुम्लामै पहिलो पटक दिर्घकालिन आर्यआर्जन विकास योजना सार्वजानिक गरेको छ । कृषि, पशु, वन तथा पर्यटन क्षेत्रको विकासमा मुख्य प्रथामिकता दिदै, असार २८ गते पन्चवर्षिय आवधिक दिर्घकालिन आयआर्जन विकास योजना ल्याएको हो ।
प्रत्यक्ष नागरिक संग सम्बन्ध राख्ने तथा समाुपातिक विकास र स्थानिय तह समृद्धीको परिकल्पना सहित पन्चवर्षिय योजना ल्याइएको छ । विकास परियोजनाका आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानी गाउँपालिकाको पन्च वर्षिय दिर्घकालिन आयआर्जन योजना बनाइएको गाउँपालिकाका कार्यकारी अधिकृत खडानन्द चौलगाईले बताए ।
उनले, भने पन्चवर्षिय योजनाले तातोपानी गाउँपालिका लाई अब पाँच वर्ष भित्र मोडल बनाउन्छ । योजना सार्वजानिक भन्दा कार्यान्वयनमा सबै पक्षले सहयोग गर्नु पर्ने उल्लेख गरे । स्वास्थ्य, शिक्षा, कृषि, पशु वन, पर्यटन, रोजगार, सिममुलक कार्यक्रम लगायतका विषय दिर्घकालिन आयआर्जनका योजनामा समेटिएको छ ।
पाँच वर्षमा योजनाको यथोची कार्यान्वयन भएमा समृद्ध स्थानिय बन्नेमा दुईमत नरहेको सरोकारवालाहरुको दाबी छ । दुर दराजका स्थानिय सरकारले दिर्घकालिन योजना नल्याए वर्षेनि यहाँको बजेटले समृद्धी सम्भव नरहेको स्थानिय गोकर्ण चौलागाईले बताए । करोडौ लागत लाग्ने योजना महत्वकाँक्षी जस्ता देखिएपनि सहि ढंगबाट कार्यान्वयन भएको खण्डमा जुम्लाकै नमुना स्थानिय तह बन्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपालने दाबी ग्रे ।
दिगो विकासका लागि दिर्घकालिन योजना आबश्यक छ । उनले भने, कृषि पशु वन पर्यटन लाई पहिलो टार्गेट बनाएर अघि बढन्े, त्यसैबाट समृद्धीको खाँका तयार हुने उल्लेख गरे । हामी अरु भन्दा नमुना बन्ने प्रयासमा छौ, संघियताको कार्यान्वयन स्वरुप पनि हामीलाई चुनौतीका बीच समृद्धी ल्याउने उद्देश्यले दिर्घकालिन योजना ल्याएको स्पष्ट पारे ।
परियोजनाका उदाहरणिय काम
जुम्लामा च्याउ उम्रे जस्तै, गैरसरकारी संस्थाहरु छन् । सबैले आफ्नो पोलेसि अनुसार समाज रुपान्तर तथा शसक्तिकरणका काम गरिहेका छन् । तर ति मध्य पनि विकास परियोजनाले जुम्लामा उदाहरणिय कामहरु गरेको छ । जुम्लामै पहिलो रोब्वे लाईन, नदीको पानी सोलार लिफ्टबाट सुक्खा डाडामामा पुराई स्याउखेती तरकारी खेती, बाख्रा वितरण, खोर निर्माण, तरकारी खेतीका लागि प्रविधिक तथा सैदान्तीक ज्ञान दिने गरेको छ ।
विकास परियोजनाले नै जुम्लाका केहि बस्ती आत्मनिर्भर भईसकेका छन् । भने, जन्मभुमिमै तरकारी खेती गरेर लाखौ कमाउने जागर तथा सिप दिएको कृर्षक कर्ण हमाल बताउन्छन् । किसानका लागि,विकास परियोजना, भगवान सह्र रहेको उनको भनाई छ ।
विकास परियोजनाले, व्यवसायीक कृषि खेती, पुर्वाधार विकास, नागरिक समाज सम्बद्ध संस्थाहरु संग परामर्श तथा कृषि वन पैदावारका क्षेत्रमा काम गर्ने गरेको परियोजना अधिकृत देवदत्त भट्ले बताए । हामीले किसानका आबश्यकतामा आधारित कार्यक्रम लाई जोड दिन्छौ ।
विकास परियोजना संयोजक दसरथ उपाध्यायले भने, कृषि पेशाबाटै आत्मनिर्भर समाज बनाउने उद्देश्य अनुसार काम भईरहेको दाबी गरे । तातोपानी गाउँपालिका विकास परियोजनाको समन्वयमा दिर्घकालिन योजना बनाएका हौ । यसको कार्यान्वयन पक्षमा पनि परियोजानले पुर्ण साथ दिने उनको भनाई छ ।
भने, विहिबार तातोपानी गाउँपालिकाले एक कार्यक्रमका बीच दिर्घकालीन आयआर्जन विकास योजना सार्वजानिक गरेको हो । यस लगत्तै जुम्लाका अन्य स्थानिय तहरु पनि दिर्घकालिन योजना बनाउने तयारीमा जुटेका छन् ।