
जुम्ल ः कर्णाली प्रदेशको जुम्लामा रहेको पर्यटकिय गन्तव्य गुठीचौरलाई कृतिम ताल बनाउन सम्भाव्यता अध्ययन शुरु गरिएको छ । पर्यटकिय गन्तव्यको रुपमा विकसित गर्नको लागि गाउँपालिककाले विज्ञ टोलीको सहभागितामा सम्भाव्यता अध्ययन शुरु गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६को वजेटमा गुठीचौरलाई बहुउद्देश्सीय गन्तव्य बनाउन नीति लिएको हो । सोही अनुसार पहिलो वर्षमा २० लाख रकम समेत विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
गुठीचौरलाई पर्यटकिय हव बनाउने उद्देश्य गाउँपालिकाको रहेको प्रमुख प्रशासकिय अधिकृत केशवराज शर्माले बताए । जुम्लाको पर्यटकिय क्षेत्र बनाउने कृतिम ताल बनाएर ५ मेगावट विद्युत उत्पादनको लक्ष्य लिईएको छ । गुठीचौरको कोल्ते र चोत्र गाउँमा होमस्टे संचालन गरिने लक्ष्य अनुसार अध्ययन प्रक्रिया शुरु भईसकेको उनको भनाई रहेको छ ।
विन्टर एयरपोर्ट संचालन र पार्क निर्माण र पिक्निट स्पोर्ट ताल चिमारा, ठाकुर ज्यु, लगायतका क्षेत्रलाई पर्यटकको सुरिक्षत मार्ग लिईने पनि उनको भनाई रहेको छ । उनले भने, गुठीचौर गाउँपालिकामा रहेका विभिन्न सास्कृतिक, पर्यटकिय तथा धार्मिक गन्तव्यको लागि सम्भावनाको सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया शुरु भई सक्यो, उनले भने, बहुउद्देश्सीय विकास नीति तथा विद्युत उत्पादन गरी गाउँपालिका उज्यालो बनाई गुठीचौरलाई प्रविधि मैत्री बनाईने नीति लिईएको छ ।
डोल्पा जोड्ने सडक बन्दै
जुम्ला सदरमुकाम खलंगा बजार हुदै गुठीचौर गाउँपालिका देखि डोल्पा जोड्ने सडक निर्माणधिन अवस्थामा रहेको छ । सडकको ट्राक खोलिएको छ त्यसलाई स्तरबृद्धिका काम भईरहेको गाउँपालिकाले जनाएको छ । डोल्पामा सेफोक्सुण्डो ताल चाईनासँग नाका जोडिएकाले व्यापारी हिसावमा पनि गुठीचौर हुदै डोल्पा जाने धेरै आन्तरिक तथा बाह्य पर्यटक व्यापारीहरुले आवतजावत गर्ने गर्दछन् । प्रमुख प्रशासकिय अधिकृत शर्माले भने यिनै दृष्टिकोणका हिसावले पनि गुठीचौरको कोल्ते र चोत्रगाउँमा होमस्टे आवश्यक छ, हामीले होमस्टेको सम्भाव्यता अध्ययन सुरु गरेका हौँ ।