नन्दराम जैसी,
जुम्ला । शुक्रबार भएको दाङ बस दुर्घटनामा जुम्लाका मात्रै ११ जना विद्यार्थीको मुत्यु भएको छ । बस दुर्घटनामा शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जुम्ली विद्यार्थीमध्य ११ जनाको मुत्यु हुनुका साथै चार जना गम्भिर घाईते भएपछि जुम्ला जिल्लानै शोकमग्न छ । मृतक र घाईते सबै जुम्ली विद्यार्थी कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा बन फरेष्टर बिषय अध्ययनरत थिए । मृतकमध्य ८ जनाको शव शनिबार साँझ गृह मन्त्रालयको हेलिकप्टरले जुम्ला पुर्याएको छ । जुम्ला पुगेका शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका छन् । भने मृतकका आफन्तहरुले शव बुझ्ने क्रम जारी राखेका छन् । दाङबाट शनिबार हेलिकप्टरले शव जुम्ला ल्याएपछि शव बुझ्ने क्रममा एअरपोर्टमै आफन्तहरुको रुवाबासी समेत चलेको थियो ।
आफ्ना सन्तानलाई प्राविधिक शिक्षा पठाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतक तथा आफन्तको चाहाना दैबले चुँडेको छ । जुम्ला एअरपोर्टमा मृतक तथा आफ्ना दाजु रुपेशजंग शाहिको शव बुझ्दै भाई शेखर शाहिले मृतक दाजुको मात्र नभई पुरै घर परिवारको सपना तुहिएको बताए । उनले भने, ‘एसएलसी पास गरेको ६ बर्षपछि बल्ल दाजुलाई प्राविधिक शिक्षा पढ्न पठाएका थियौ, उनको मृत्युको खबरले आमाबाबा भावबिहिल भएर बोल्नै नसक्ने अवस्थामा छन् ।’ चन्दननाथ नगरपालिका १० का मृतक रुपेशजंग शाहिसँगै फरेष्टि पढ्न गएका सोहि गाँउका मृतक रितेश शाहिका बुवा मानबहादुर शाहिले भने, ‘लाखौ खर्च गरेर छोरालाई प्राविधिक शिक्षा पढाउने रहर, रहरमै सिमित भयो, जिल्लामै वन तथा बातबरण शिक्षा अध्ययन गर्ने ब्यवस्था भए दुर्गमका विद्यार्थीले यसरी ज्यान गुमाउन पर्दैन थियो कि ।’
दाङ प्रहरीका अनुसार मृत्यु हुनेमा जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ बर्षिया कुशुम रावल, चन्दननाथ नगरपालिका ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका ५ का २० बर्षिय विरेन्द्र कडारा, हिमा गाउँपालिका ५ का १७ बर्षिया शैलजा शाही, चन्दनथान १० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका १ का जंगबहादुर बुढा, चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ १० का बिपना खत्री र तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् । त्यस्तै घाईतेहरुमा जुम्लाका तातोपानी गाँउपालिका ४ कि बर्ष १८ कि हिमाली हमाल, चन्दनाथ नगरपालिका ३ बर्ष १६ का कुशेन्द्र खत्री, चन्दनाथ २ बर्ष १७ का जिबन भण्डारी, र चन्दननाथ ४ बस्ने बर्ष १६ की बर्सा रोकाया रहेका छन् । उनिहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्युभएको थियो । दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । साथै घाईते १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो । २२ जना घटना स्थलमै र एकजना नेपालगंज उपचारको क्रममा निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर बिद्यार्थी तथा शिक्षकहरु भ्रमणमा गएका थिए । दुर्घटना शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा दुर्घटनामा परेको हो । त्यस्तै ईलाका प्रहरी कार्यालयका दाङका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १, १ जनाको मृत्यु भएको छ ।
जसमा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री, दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् । शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्युभएको हो ।