अपांगमैत्री आवासीय भवन बन्दा दृष्टिबिहिन बालबालिकालाई राहात

सागर परियार,चैतु बुढा एक दृष्टि बिहिन छात्रा हुन् । उनी पढ्ने सिंजाको भैरब मावि नराकोटमा अपांगमैत्री भवन छैन् । पढ्न, खान बस्न, हिड्डुल गर्न निकै अप्ठ्यारो हुन्थ्यो । साविकको भवन सानो साघुरो, भएकोले त्यहि खाने त्यहि सुत्ने गर्थेउ । उनले थपिन, दशकौ देखि आफु जस्ता कयौ दृष्टि बिहिन बालबालिका यस्तै समस्याका बीच अध्यायन गरि गईसके । तर पनि भवनको समस्या उस्तै थियो ।

दृष्टिबिहिन छात्रले भने, अध्ययन शुरु गरेदेखि हाल सम्म अपंगामैत्री भवन नहुँदा निकै अप्ठ्यारो थियो । पढ्न, खान बस्न, हिड डुल गर्न पनि निकै सकस हुन्थ्यो । दृष्टिबिहिन छात्रा चैतु बुढाले भनिन, साघुरो कोठामा खाने सुत्ने एकै ठाउँ थियो । महिनावारी हुदा पनि समस्या हुन्थ्यो । तर अहिले किर्डाक र प्लानले अपांगमैत्री आवासीय भवन निर्माण गरेपछि निकै सहज भएको बताईन ।

निकै फराकिलो भुकम्प प्रतिरोधि, अपांगमैत्री आवासीय भवनमा बस्न पाउँदा सुरक्षित र खुसी महसुश भएको छात्रा चैतु बुढाको भनाई छ । भैरब माविमा अध्ययरत दृष्टिबिहिन बालबालिका लागि किर्डाकको प्राविधिक सहयोग र प्लानको आर्थिक सहयोगमा अपांगमैत्री १२ कोठे आवासीय भवन निर्माण गरिएको हो । दृष्टि बिहिन बालबालिकालाई विभिन्न जोखिमबाट बचाउनका लागि करोडौको लागतमा सुविधा सम्पन्न भवन निमार्ण गरि हस्तान्तरण समेत गरिएको छ ।

शनिवार सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले रिवन काटेर आवासीय भवन उद्घाटन गरे । जुम्लाकै नमुना अपांगमैत्री भवन निर्माण भएको छ । अध्यक्ष रावलले भने, कमीकमजोरीलाई सुधार्दै समृद गाउँपालिका बनाउन किर्डाक संग सहकार्य गर्दै जाने बताए । शिक्षा, स्वास्थ र पुर्वाधारको विकास विना समृद्रि सम्भव नभएको समेत तर्क दिए । आवासिय भवनको दिर्घकालिन विकासमा गाउँपालिकाले पहल गर्ने प्रतिबदता गरे । किर्डाक बोड सदस्य तथा कर्णालीका विज्ञ डाक्टर कुसेन्द्र महतले अपांग बालबालिकाको शिक्षा अब खोज अनुसन्धान, तथा प्रविधिमय बनाउनु पर्नेमा जोड दिए ।

कर्णालीको शिक्षा,स्वास्थ्य क्षेत्रको सुधारमा किर्डाकको भुमिका महत्वपुर्ण रहेको दाबि गरे । दृष्टिबिहिन बालबालिकले विगत केही महिना पहिलेदेखिनै प्रयोग गर्दै आएपनि भवन केही ढिला उद्घाटन हस्तान्तरण गरिएको किर्डाकका जिल्ला संयोजक रेशम शाहिले बताए ।
भैरब माविका प्रअ मान बहादुर शाहिले नमुना आभासिय भवनले बालबालिका सुरक्षा, पढाइ तथा बसाईमा ठुलो राहात गरेको बताए। हाल १३ जना दृष्टिबिहिन बालबालिका रहेको विधालयमा आबासिय भवन निर्माण पश्चात् निकै सहज भएको छ ।

एक करोड बढि लागत
जुम्लामै पहिलो तथा नमुना अपांगमैत्री आवासिय भवन एक करोड बढिको लागतमा निर्माण भएको छ । तोकिएकै मिति भित्र किर्डाकले निर्माण गरि हस्तान्तरण गरेको हो । किर्डाका लेखाअधिकृत नरेन्द्र पाण्डेका अनुसार एक करोड १९ लाख ४७ हजार ६ सय रुपैयाको लागतमा निर्माण सकिएको छ ।

जम्मा रकमको २ हजार पाच सय मात्रै खर्च हुन नसकेको उल्लेख गरे । स्टमेट अनुसारको बजेट र काम सम्पन्न भएको समेत दाबि गरे । दक्ष ज्यामीमा १२ लाख ९५ हजार, अर्धदक्ष ज्यामी, २ लाख १२ हजार ६ सय, ढुंगा, गिटि,बालुवामा २८ लाख ८९ हजार, सिमेन्ट सरिया, लगायत बाह्य सामानमा ५४ लाख बढि खर्च भएको छ ।

सार्वजानिक सुनुवाई
उद्घाटन गरिएकै दिन आवासिय भवन निर्माणमा भएको विभिन्न खर्चका बारेमा सार्वजानिक सुनुवाइ गरिएको छ । भवनको स्तरियता, खर्त पारदर्शिता आम नागरिकलाई सुसुचित गर्नका लागि सार्वजानिक सुनुवाई गरियो । सोहि अबसरमा समग्रमा भवन नमुना बनेको छ ।
विव्यस अध्यक्ष प्रेम बहादुर खत्रीले भने, यसको दिगो विकास तथा दृष्टिबिहिन बालबाललिकाको शैक्षिक राहातमा सहयोग गर्न अपिल गरे ।

प्लानका सम्पुर्ण पौडेलले पारर्दशिता बिनाको शुसाशन कायम नहुने दाबि गरे । सोहि अनुसार प्लानले समुदाय माझ आफ्ना विकास निर्माणका बारेमा सार्वजानिक सनुवाइ गर्दै आएको बताए ।

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस