जुम्ला । जुम्ला प्रहरीले चोरी भएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भदौ ५ गते राति चन्दननाथ नगरपालिका–६ विजयनगरबाट क १ प १६८४ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल चोरी भएको भन्दै निवेदन परेको थियो।
निवेदनपछि प्रहरी चौकी नाग्मा रारालिहीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा भदौ ८ गते दिउँसो करिब १ः२५ बजे तिला गाउँपालिका–१ कठिना स्थित खोलाको किनारबाट मोटरसाइकलसहित तिला गाउँपालिका–७ बस्ने २५ वर्षीय विरसिंह बि.क.लाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका बि.क.लाई जिल्ला अदालत जुम्लाको आदेशअनुसार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार




