कनकासुन्दरीमा रैथाने अन्नबालीको कृषि प्रर्दशनी मेला सम्पन्न

उमेश बुढा सिंजा ।


जुम्लाको कनकासुन्दरी गाउँपालिकामा प्रांगारिक कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । स्थानीय उत्पादनको बजार प्रर्बद्धन तथा रैथाने बालीको उत्पादन बृद्धि सगै कृषितर्फ किसानलाई आर्कषित गर्न पहिलो पटक कृषि मेला प्रर्दशनी गरिएको हो ।

प्रर्दशनीमा कनकासुन्दरीका किसानले आफ्नो उत्पादनलाई स्टलमा राखेका थिए । कनकासुन्दरी गाउँपालिका वडा नं. ५ मा रहेको नागरिक कृषि सहकारी संस्थाको आयोजना ,कृषि विकास कार्यलयको आर्थिक सहयोग र कृषि शाखा कनकासुन्दरीको समन्वयमा प्राङगारिक कृषि मेला प्रर्दशन गरिएको हो ।

नागरिक कृषि सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र उपाध्यायले भन्नुभयो,“गाउँमा उत्पादन गरेका कृषि वस्तुहरु घरमै कुवाएर फाल्नु भन्दा बजारमा कृषि मेला प्रर्दशनीले आम्दानी पनि हुने र कृषिमा आर्कषण बढ्ने विश्वास छ ।”

हामीले उत्पादन गरेका फलफूल ,तरकारी ,दलहन र अन्य बालिहरुको बजारीकरण गर्न तथा कृषकलाई आत्मनिर्भर बनाउन पटक पटक कृषि प्रर्दशनी मेला हुनु पर्नेमा उहाँको जोड छ ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले कृषि बस्तुको बजारीकरण तथा उत्पादनमा बृद्धि गर्नका लागि कृषि अनुदानका कार्यक्रम तथा गुठिज्युलामा हाड बजार निर्माणलाई अघि बढाईने बताउनुभयो ।

कनकासुन्दरीमा उत्पादित आलु,सिमि,जौ,गहु,फापर,ओखर,आरु,ढटेलो ,प्याज,टमाटर,लसुन,काउलि,भान्टा चिनो कागुनो,मार्सिधान लगायतका कृषि वस्तुहरुको बजारीकरण तथा उत्पादनबृद्धिमा कनकासुन्दरीले जोड दिएको अध्यक्ष रावतको भनाई छ उनका अनुसार कृषिलाईनै प्रथामिकता दिएर कनकासुन्दरीले ४५ करोड बरारबको आगामी आवको बजेट ल्याएको छ ।

प्रर्दशनीमा सहभागी कनकासुन्दरीका ९० जना भन्दा बढी किसानलाई प्रमाण पत्र सहित नगद पुरुस्कार दिइएको छ ।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस