सागर परियार ।
जुम्लामा पहिलाे पटक जातिय विभेद विरुद्दकाे मुद्दा दर्ता भएकाे छ । सिंजा गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष काली बहादुर बुढा तथा उनका छाेराले साेहि वडाका दलित युवा विबेन्द्र नेपाली माथि गरेकाे जातिय विभेद विरुद्दकाे मुद्दा दर्ता भएकाे हाे ।
प्रहरीले दुई दिन सम्म मुद्दा दर्ता गर्न नमानेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्नत: अाज मुर्दा दर्ता गरेकाे हाे । जुम्लाका दलित युवाहरुकाे निरन्तर दबाब पछि मात्रै शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेकाे युवा भरत नेपालीले बताए ।
उनका अनुसार प्रहरी कार्यालयकाे मुद्दा शाखाकाे ८४ नम्बरमा पहिलाे पटक जुम्लामा जातीय विभेद विरुद्दकाे मुद्दा दर्ता भएकाे हाे।
जुम्लामा जातिय विभेदका घटनाहरु विगतदेखि हुँदै अाएपनि प्रहरी प्रशासनले पार्टि तथा नेताहरुकाे दबाबमा मुद्दा दर्ता गर्न मान्थेनन् । भने, दलितहरुकाे एकेबद्दता भनेएकै कारण पनि मुद्दा दर्ता नहुने र जातका अाधारमा विभेद गर्ने समाजका केही व्यक्तिलाई प्रसय हुने गरेकाे थियाे ।
तर सिंजा ६ का विबेन्द्र नेपाली माथि भएकाे जातिय विभेद विरुद्द जुम्लाका सम्पुर्ण सेचत युवा उर्लिएपछि प्रहरीले बाध्य भएर मुद्दा दर्ता गरेकाे यूवा तथा पत्रकार महेश नेपालीले बताए ।
उनले भने,यस पटक पनि मुद्दा दर्ता गर्न सम्भव थिएन् । प्रहरीले अानेकानी गरिरहेकाे थियाे । भने,सिंजाका जनप्रतिनिधिले पनि मुद्दा दर्ता नर्गन समेत दबाब दिईरहेका थिए ।
जातिय विभेद तथा सजाय कसुर एेन २०६८ अनुसार जातका अाधारमा गरिने कुनैपनि विभेद कानुन अनुसार दण्डनिय मानिने उल्लेख गरिएकाे छ ।



