जुम्ला बजारमा मानिस घाईते गर्दै भालु हिडेपछि ७ घण्टा तनाब, आक्रमक भालु मारियो, तीन जना घाईते

साउन २८ गते । जुम्ला, सदरमुकाममा भालुको आक्रमणले तीन जना घाईते भएका छन् ।भालुले चन्दननाथ नगरपालिकामा कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जना र चन्दननाथ नगरपालिका वडा नम्बर ४ निवासी एक जनालाई घाईते बनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार चन्दननाथ नगरपालिका ४ निवासी २९ बर्षिय हिमबहादुर रोकाया र २६ बर्षिय निर्मला थापा रोकायालाई आज विहान आक्रमण गरि घाईते बनाएको छ । यसैगरी सिंगा चौरका एक जनालाई पनि आक्रमण गरेर घाईते बनाएको छ । विहान साढे ५ बजे भालुले मानिसलाई आक्रमण गरेको खबर आएपछि प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई सहित सुरक्षा निकाय खोजी कार्यमा लागेको थियो ।कार्कीबाडामा श्रीमान् हिमबहादुर रोकाया नुहाई रहेको अवस्थामा भालुले आक्रमण गरेपछि श्रीमतिले थाहाँ पाएपछि श्रीमतिलाई समेत घाईते बनाएको प्रहरीले जनाएको छ । यस्तै विहान ९ बजे वडा नं सिंगाचौरको एक घरको गोठमा भालु छिरेको अवस्थामा थाहाँ पाएपछि सोही घरका हिरा सार्कीलाई घाईते बनाएपछि सुरक्षा निकाय त्यहाँ पुगेको थियो । घाईते सवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ ।

आक्रमण थालेपछि गोलि हानी मारियो :
चन्दननाथ सिगाचौरको गोठमा पसेको भालु सुरक्षित नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथीनै आक्रमण गर्न आएपपछि मारिएको छ । घटना स्थालमा पुगेको नेपालीसेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले तीन घण्टा गाउँनै सुरक्षा दिएर भालुलाई नियन्त्रण गरेको थियो । भालुलाई सुरक्षित नियन्त्रण गर्न डिििभजन वन कायर्कालयका कर्मचारी पनि सो स्थानमा पुगेका छन् । नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीलाईनै आक्रमण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा भालु मारिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । बजारमा विभिन्न स्थानमा मान्छे घाईते बनाउदै हिडेको भालु मारिएको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । मारिएको भालुको पशुविज्ञवाट पोष्टमार्टम गरेर अन्त्यष्टि गरिने डिभिजन वन कार्यालय प्रमुख दिनेश खत्रीले जानकारी

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस