कोभिड प्रभावित विपन्न परिवार राहत वितरण


जुम्ला ः चन्दननाथ नगरपालिका भित्रका कोभिड प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ । वडापालिकाको सिफारिसमा कारितास जर्मनी, कारीतास नेपाल, पेस नेपाल जुम्लाको सहयोग र चन्दननाथ नगरपालिकाको समन्वयमा नेपालमा कोरोना भाइरस प्रतिकार्य परियोजना अन्र्तगत कोभिड प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरिएको हो ।
चामल ३० केजी, दाल साढे दुई केजी, तेल दुई लिटर, चिनी एक केजी, नुन एक केजी प्रति विपन्न घरपरिवारलाई वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हरिचन्द्र शर्माले बताए । उनले भने यस्तै नगरपालिकाका ४, ५ र १ वडाका ३० घर परिवारलाई वितरण गरेका छौँ । कोभिड प्रभावित घरपरिवार सहयोग होस् भन्ने उद्देश्यका साथ राहत वितरण गरिएको हो ।
उत्पानशिल जमीन जग्गा नभएका, काम गरी खान नसक्ने विपन्न घरपरिवारलाई राहतको निकै आवश्यकता परेका बेला राहत स्वरुप दैनिक उपभोग्य खाद्य सामग्री प्राप्त गर्दा निकै खुशी भएका छन् ।
कोभिड माहामारीले प्रभावित भएका घरपरिवारलाई अहिले सरकारी तथा गैसरकारी तवरबाट सहयोग भएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । उनले भनिन् कोरोना संक्रमणले लामो समयसम्म नेपालमा बन्दाबन्दी हुदा काम गरी खाने विपन्न वर्ग निकै मारमा परेको बेला सहयोगी दाताहरुले हातमुख जोड्न सहयोग गर्नु यो सुखद् पक्ष हो ।

 

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस