सिटिजन्स बैंकको वाथरूममा वेहोस भएकी नर्सको अस्पतालमा मृत्यू

जुम्ला ः सिटिजन्स बैंक जुम्लाको वाथरूममा वेहोस भएकी नर्सको अस्पतालमा मृत्यू भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्टाफनर्स अनुपमा श्रेष्ठको अस्पतालमा निधन भएको हो ।
सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार कोहरपुर उपमहानगरपालिका बाँकेकी २६ बर्षीय कर्णाली प्रतिष्ठानमा कार्यरत श्रेष्ठको निधन भएको छ । विहीवार दिउसो वाथरूममा वेहोस भएको अवस्थामा श्रेष्ठ भेटिएपछि कर्णाली प्रतिष्ठानमा उपचारका लागि लिईएको थियो । घटनाको अनुसन्धान थप भईरहेको र आफन्त समेत जुम्ला आई पुगेका प्रहरीले जनाएको छ ।
उपचारको क्रममा शुक्रबार उनको निधन भएको जनाईएको छ । कर्णाली प्रतिष्ठानका प्रवक्ता तथा डीन डाक्टर रमेश भट्टटराईले वेहोस अवस्थामा ल्याईएको र पछि मुटुको धडकन फिर्ता आएको थियो ।
यता सिटिजन्स वैंकका म्यानेजर महेश शाहीले श्रेष्ठ साथीको बहिनी भएकी र लामो समय देखि चिनजान भएकाले हिजो यहाँ वाथरूममा पसेकी आएकी थिईन । पछि वेहोस भएर ढलेकी र ढोका फोरेर अस्पताल पुरयाईएको बताए । उनले दिउसो हामी अफिसमै भएको समयमा घटना भएको थियो । बैंकमा गाड, कस्टमर र कर्मचारी पनि थियौ, उनले भने ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस