सन्ताेष कार्किकाे नेतृत्वमा च्याउ उत्पादक किसान संघ नेपालको नयाँ कार्यसिमित चयन

हेटाैडा । च्याउ उत्पादक किसान संघ नेपालको      महाअधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। जस पश्चात अधिवेशनले सन्तोष कार्कीलाई नया कार्यसमितिको अध्यक्षमा चयन गरेको छ। सहअध्यक्षमा सिताराम तिमिल्सिना, महाँसचिवमा विकास रिमाल कोषाध्यक्षमा विनोद पौडेल ,सचिप पदमा क्रमशः ३ जना रमेश सापकोटा,रामहरि घिमिरे र शिव सञ्जेल हुनुहुन्छ। प्रत्येक प्रदेशका अध्यक्षहरु स्वत:केन्द्रीय उपाध्यक्ष हुने संघको बिधान अनुसार एक जना उपत्यकाको अध्यक्ष रविन्द्र श्रेष्ठ र ७ जना प्रदेशबाट अध्यक्ष गरी जम्मा ८ केन्द्रीय उपाध्यक्षमा चयन गर्ने नियम छ। जसमा कर्णाली प्रदेशबाट राधाकृष्ण च्याऊ कृषि उपज उत्पादन प्रशोधन एण्ड रिसर्च सेन्टर दैलेखका डाइरेक्टर विजय ज्ञवाली निश्चित हुनुभएको छ।

बागमती प्रदेशबाट उमेश गौतम, लुम्बिनी प्रदेशवाट कृष्ण राज पोख्रेल, प्रदेश नं १ बाट वमलाल खवास, सुदुरपश्चिम प्रदेशबाट मनोजराज पडाल र प्रदेश नं २ बाट चोलाप्रसाद चौंलागाई (धुर्ब) उपाध्यक्षमा चयन हुनुभएको छ र प्रदेश ५ बाट केन्द्रीय उपाध्यक्षमा टुङगो लागेको छैन साथै प्रतेक प्रदेश र उपत्यकाका गरी जम्मा २४ जना केन्द्रीय सदस्यमा चयन हुनुभएको छ भने मेजर भि सिक्स पद ६ वटा १६ जना गरी जम्मा ४० जना प्रतिनिधि ज्यूँहरू केन्द्रीय कमिटीमा चयन हुनुभएको छ।

कर्णाली प्रदेशका अध्यक्ष विजय ज्ञवालीसंग लिएको इन्टरभ्युमा हाम्रो राष्ट्रिय दैनिक पत्रिकालाई भन्नुहुन्छ। हाम्रो काधमा निर्वाद रूपमा निवर्तमान कार्यसमितिका पदाधिकारी ज्यूँहरू हाम्रो अभिभावक हुनुहुन्छ ।निवर्तमान अध्यक्ष लगाएत सम्पुर्ण टिमले हामीलाई कार्यभार सुम्पनु भएको छ । जसको निमित्त केन्द्रीय संघ र कर्णाली प्रदेश च्याऊ उत्पादक किसान संघको तर्फबाट र मेरो नितान्त आफ्नो व्याक्तिगत विचार तर्फबाट हार्दिक आभार प्रकट गर्दै मुरीमुरी धन्यवाद भन्न चाहन्छु र नयाँ कार्यसमितिको टिमलाई हार्दिक वधाई तथा कार्यसफलताको शुभकामना दिन चाहन्छु साथै मलाई केन्द्रीय उपाध्यक्ष पदको भारी वोकाईदिएर कर्णालीमा ठूलो जिम्मेवारी थपिएको वोध भएको महसुस गरेको छु म अव, च्याऊ किसानको हक हितमा निती वनाएर अघि वढ्ने छु साथै निवर्तमान कार्यसमिति का केन्द्रीय पदाधिकारी ज्यूँहरूको अभिभावकत्वको खाचो नयाँ कार्यसमिति लाई खड्किरहने छ र वहाँहरुलाई हाम्रो अज्ञानताको थप जिम्मेवारी वोध हुनेछ यो हामीले महसुस गर्ने छौ ।

किसान – दाजुभाई तथा दिदीबहिनीहरु ।
हाम्रो आस्था जेमा रहेता पनी यहाँ उपस्थित महानुभावहरू हामी सवै पेशागत च्याऊ किसानहरू हौ । दुनियाँको प्राण धान्न हामी उत्पादन गर्छौं र आफ्नै अधिकारको निमित्त हामी एकजुट हुन्छौ भने परण गरौ र कसैलाई कसैले पनी पुर्वाग्रहको दृष्टिकोणले नहेरौ भन्न चाहान्छु । देश भरीका च्याऊ किसानहरू एक हौ भन्ने मुल नारालाई सार्थक तुल्याउन हामी सम्पूर्ण सात वटै प्रदेशका नेपाल भित्रका समग्र च्याऊ किसानहरू नितान्त आफ्नो निजी पेशागत हक र हितको विषयमा एक जुट हुन जरुरी छ ता की आफ्ना आवाजहरूलाई वुलन्ध गर्ने हैसियत राख्दै हामीले हाम्रो पेशालाई आम च्याऊ उपभोक्ताहरूको माझ सकरात्मक सन्देश फैलाउन र च्याऊ सुपरफुडको गुण छर्न साथै च्याऊ पेशालाई मर्यादित वनाउन सकियोस् भन्ने मेरो भनाइ छ।

देशको समृद्धि अनी च्याऊको श्रवाङ्गे विकास र स्तरोन्नतिको लागि जागरुकता अनिवार्य छ। वातावरणीय प्रभावको हिसाबले नेपाल सुन्दर भुमी हो यहाको वातानुकुलित भुमीभित्र हामी च्याऊ किसानहरू श्रवत्र चाँदी फलाऊछौ यो देशको हरेक कुनामा व्यावसायिक च्याऊ खेती उत्पादन गर्न सकिन्छ। जनस्तरबाट भोक, सोक र ऊपभकको लागी मात्रै च्याऊ उत्पादन गर्ने किसानहरूको संङ्ख्या देश व्यापी रूपमा उलेख्य भएपनी व्यावसायिक दृष्टिकोणले अर्थोपार्जनको लागि औलामा गन्न सकिने जत्ती च्याऊ उत्पादक किसान व्यावसायी साथिहरू हुनुहुन्छ भन्ने आकलन गर्न सकिन्छ। यहाँको वातावरण अनुसार उत्पादन हुदै गरेका कन्ने, गोव्रे, मिल्की, सिताके, घुच्ची ,ईनोकिताके ,याचा कडिसेप, गानोदर्मा, देवाले लगाएत अरू धेरै व्याण्डका च्याऊहरू परिक्षणमा ल्याउन सकिनेछन। पहाडी जिल्लाको जनघनत्व कम रहेकोले ऊधोगवाट उत्पादित वस्तु धेरै निस्किदा लोकल वजारमा खपत नभएको अवस्थामा देशका ठुला शहर वजारहरूमा पुर्याउन पर्ने र ढुवानी गर्न गार्हो हुने भएकाले घाटा सहेर पनी प्रसोधन गरेर सुरक्षित राख्न पर्ने अवस्था रहेको छ ।

 

हामीसंग स्वर्ग जस्तो सुन्दर भुमी छ। सिप ,जाँगर, अठोट अनी मौसमअनुसारको हरेक व्राण्डको च्याऊहरू उत्पादन हुनसक्ने वातानुकुलित हावापानी भैकन पनी हामी पहिलेदेखि अहिले सम्म पिछाडिएका छौ सुक्ष्म मनोवैज्ञानिक ज्ञान, अनुसंधान, साधन र स्रोतको अभावका कारण हाम्रो स्तरोन्नति खस्किएको छ। किसन जो हो त्यो ऊधम गर्न खेत र करेसा वारीमा आफ्नो परिश्रम लगानी गरेर परिवारको जिविकोपार्जनको निमित्त भोक तिर्खाको प्रभाव नगरी माटोका कण कण र धुँलोसंग दिन रात भोक तिर्खा नभनि लडिरहन्छ र मानो रोपी मुरी फलाऊछ भने । त्यो किसान लाई मेरो अन्तर हृदय देखि सलाम छ। किसन त्यो होइन जो राजनीतिक पहुच र पावरमा कागजका पानाहरूमा हरदम उधुम मच्चाउछ र विना श्रमको फल खाने ईच्छा गर्छ। हेर्दा ऊ संग कृषि ऊधमसिलता नै छैन।यसरी वास्तविक जागरूक किसानलाई निरुत्साहित पार्दै वदनाम गर्ने कु चेष्टा गरी चोट पुर्याउँने डुप्लिकेट किसानलाई हामी अवस्य निगरानी पनी गर्ने छौ।

सारा दुनियाँको जिवन धान्ने ८० % जनघनत्व वोकेको नेपालको कृषि प्रणालीले कुल ग्राहस्थ उत्पादनमा ४०% अर्थतन्त्रको भार ओगटेको कृषि पेशालाई सरकारले ऊधोग नसम्झनु को कारण र च्याऊ कृषि पेशालाई नेपालको रैथाने वालीमा सुचिकृत नगर्नु च्याऊ किसानलाई दुख महसुस भएको छ। ऊपरयूक्त विषयमा आफ्नो अधिकारलाई सुनिश्चित गर्न च्याऊ उत्पादक किसान संघ नेपालले सरकारको किसान आयोग समक्ष पहल गर्नेछ

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस