अत्यधिक रक्तश्रावले मुटुको चालनै बन्द भएकी रंगिलाले पाइन पुर्नजन्म

माघ १६ जुम्ला । तिला गाउँपालिका ६ रिपी गाउँकी १७ वर्षकी रंगिला रावतले पुर्नजन्म पाउनु भएको छ । । सात महिनाको गर्भावस्थामा अत्यधिक रक्तश्राव भएर मुटुको चालनै बन्द भएपछि परिवारले आशा मारिसकेकी रावतले पुर्नजन्म पाउनु भएको हो ।

माघ १२ गते विहान एक्कासी थोरै रगत बगेपछि रंगिलाले वास्ता गरिनन् । विस्तारै रगत बग्ने क्रम बढ्दै गएपछि परिवार आत्तिएर अस्पताल ल्याउन स्टेचरमा बोकेर रिपिबाट रारा तिर लागे । झण्डै ५ देखि ६ घण्टा लगाएर कर्णाली राजमार्गमा पुराए ।

रगतले स्टेचरमा ओछ्याएको कम्बल मात्र हैन्,विरामी बोक्ने आफन्त पनि रगतमै लतपतिएका थिए । विहानै देखि रगत बग्न शुरु भएपनि भौगोलिक विकटता र यातायात पहुँच नभएका कारण रिपिदेखि रारालिहि र रारा लिहि देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदा ल्याउदै करिब साँझ सवाँ ५ बज्यो ।

तर रगत बग्ने क्रम भने घटेको थिएन् अझ धेरै पानीको धारा जस्तै रगत बगीरहेको थियो । भने रंगिलालाई अस्पताल नपुराइदै उनको साल निस्केको र बच्चा आधी बाहिर आइसकेको थियो । स्त्री रोग विशषज्ञ तथा प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाह सहितको चिकित्सकको टोलीले रंगिलाको रक्तश्राव रोक्ने प्रयास गर्दा गर्दै बहोस भइन् ।

डाक्टर शाह भन्छन,“धारा जस्तै बगीरहेको रगत रोक्न पाइप लगाउँदा लगाउदै एक्कासी मुटुको चालनै बन्द भयो । मुटुको धड्कन रोकिएपनि हामी रत्तिभर आत्तिएनौ । तर परिवारले आश मारिसकेका थिए । उपचारमै खटिएका नर्स, डाक्टरहरुले (ए) पोजेटिभ रगत दिनुभयो । भने,तत्कालै छात्ती थिचेर कृत्रिम साहस दिने विधि (सिपिआर) तीन चरण सम्म गरेपछिसाहस फिर्ता भयो । रंगिलाले पुर्नजन्म पाइन् ।”

उहाँको धड्धन चलेपनि रक्तश्राव नरोकिएपछि (कण्डम टयाम्पोनेट) दिइयो । भने, विभिन्न औषधी प्रयोग गर्नुका साथै भेन्टीलेटरमै पुगेकी रंगिलालाई प्रतिष्ठानका डा.सुरेश चौधरी,डा.प्रविण गिरी,डा.कृष्ण हमाल,डा.पवन बुढाथोकी,नर्स मुगा केसी,डा. टिविन शिवाकोटी,नर्स रेणुसिंह ठकुरी र डा. सागर बुढ्थापा लगायतका चिकित्सकले १० पोका रगत तत्तकाल दिएपछि रंगिलाले पुर्नजन्म पाएको उपचारमा खटिएका डाक्टर राजिव शाहले जानकारी दिनुभयो ।

डाक्टर शाहका अनुसार सात महिनाको गर्भावस्थामै एक्कासी बच्चाको टाउको मुनि साल बसेका कारण रक्तश्राव भएको हो । डाक्टर शाहले भन्नुभयो,“रक्तश्राव भएर मुटुको चालनै बन्द हुनु जटिल कुरा हो । यदपी,अहिले प्रतिष्ठान र विषशज्ञ डाक्टर जुम्लामै नभएको भए रंगिलाले अकालमै ज्यान गुमाउने निश्चित थियो । तर उहाँको उपचार सफल भयो । उनि जस्ता सयौ महिलाका जटिल समस्याको उपचार गर्न प्रतिष्ठान तयार छ ।”

“अत्यधिक रक्तश्रावसंगै मुटुको चालनै बन्द भएपछि परिवारले बाच्ने आशा मारिसकेका तर डाक्टर सिपिआर दिएर आफै रगत दिएपछि रंगिलाले पुर्नजन्म पाइन् ।”

१ दिन भेन्टीलेटर र १ दिन आइसियुमा राखेर उपचार गरे पश्चात हाल रंगिलाको स्वास्थ्य अबस्था सामान्य रहेको सोमबार घर पठाउने तयारी छ । यस अघिपनि यस्तै जटिल विरामी भएकी तातोपानी ७ की १८ वर्षिया लक्ष्मी रावत र जुम्लाकै सुपत्रा हमालले प्रतिष्ठानबाट पनि पुर्नजन्म पाएकी थिइन् ।
पुर्नजन्म पाउने आशौ थिएन्

धाराको पानी जस्तै बगेको रगत हेर्दा र मुटुको चालनै बन्द भएपछि त हामीले बाच्ने आशानै मारिसकेका थियौ । रंगिलाका श्रीमान गोविन्द रावतले भन्नुभयो,“रगत दिने मान्छे कोहि थिएनन्,तर डाक्टरहरु आफै रगत दिएछन् । म आफै बहोस थिए । श्रीमतीले पुर्नजन्म पाएको खबर सुनेपछि बल्ल होस आयो । हाम्रा लागि डाक्टर भगवान बनेर आउनुभयो ।”

गाउँमा सडक पुगेपनि तिला नदीमा पुल नभएकोले रिपिबाट ल्याउनै ५ देखि ६ घण्टा लाग्यो । थोरै मात्र ढिला गरेको भए आज श्रीमती गुमाउने रहेछु । यातायातको पहुँच नहुँदा भविष्यमा धेरैले ज्यान गुमाउनु पर्ने स्थिती छ । स्थानीय सरकारले चाडै पुल बनाउनु पर्ने गोविन्द माग छ ।

बुहारी मरी भनेर रुने बाहेक अरु विकल्पनै थिएन् । रंगिलाकी सासु देवलक्ष्मी रावतले भन्नुभयो,“नत पैसा थियो,नत रगत दिने मान्छे । डाक्टरहरुले रगत दिएर अन्य औषधी उपचार गरी बुहारी बचाए । यति ठुलो अस्पताल नभइदिएको भए साहे बुहारी गुमाउने थियौ । भगवान जस्ता डाक्टरलाई सलाम छ । लाखौ बर्ष बाचिरया भनी आर्शिवाद दिए ।”
घरको आर्थिक अबस्था पनि कमजोर थियो । ऋण जोहो गरेर पनि बचाउने मुस्किल थियो । तर कर्णाली प्रतिष्ठानले निशुल्क सफल उपचार गरेपछि रंगिलाका परिवार अतिनै खुसी छन् ।

पहिला यस्तै उपचार नपाएर जुम्लाकी धेरै महिलाले मृत्युवरण गर्नु पथ्र्यो । तर २०६८ यता कर्णाली प्रतिष्ठान स्थापना भएपछि रंगिला जस्तै सयौले पुर्नजन्म पाएका छन् ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस