माघमै योजना सम्झौता सक्ने तातोपानी १ का वडाध्यक्ष कठायत सम्मानित

 

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर कठायत सम्मानित भएका छन् । माघभित्रै योजना सम्झौता सकाउने पालिकाको लक्ष्यअनुसार वडाका सबै योजना सम्झौता गरेका सम्मानित भएका हुन् ।

पालिकाका अध्यक्ष,उपाध्यक्ष,वडाध्यक्षहरु सम्मुर्ण कर्मचारीहरुको सहभागितामा दोसल्ला र अबिर सहित सम्मान गरिएको छ ।

तातोपानी गाउँपालिकामा मिलन बुड्थापा प्रमुख प्रशासकियका रुपमा आएपछि माघ पहिलो साता कर्मचारी र वडाध्यक्षहरु संग छलफल गरेर माघ भित्रै योजना सम्झौता सक्ने निर्णय भएकोे थियो । सोहि अनुसार वडा वडामा प्राविधिक जनशक्ति खटाउने देखि जनप्रतिनिधि र कर्मचारीहरु योजना सम्झौतामा लागि पर्नु भएको थियो ।

जसअन्तरर्गत तातोपानी गाउँपालिका वडा नं.१ का वडाका सबै योजना माघ तेस्रो सातामै सम्झौता सकाउन वडाध्यक्ष प्रेम बहादुर कठायतले प्रभावकारी समन्वय र सहकार्य गरेकोले सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो ।

उनले भने,“माघ मसान्त भित्र सवै योजनाहरु सम्झौता गरि सक्ने भनी गरेको निर्णय लाई सार्थक तुल्याउदै वडा नं.१ वडाध्यक्ष सबै योजना सम्झौता गर्न सफल भएका छन् । अरुलाई सिकाई होस भनेर वडाध्यक्षलाई उर्जा थप्नका लागि पालिकाबाट सम्मान गरेका हौ ।”

विकासमा गुणस्तर ल्याउन,पुँजिगत खर्च बढाउन,समयमै भुक्तानि सक्न,असारे विकासको अन्त्य गर्न र अनुगमन निरिक्षणलाई प्रभावकारी माघमै योजना सम्झौता सक्ने अभियान थालेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाको भनाई छ ।

विकास निर्माणलाई गति दिन कर्मचारी,जनप्रतिनिधि नागरिकको सहयोग समन्वय सहकार्य आबश्यक छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भन्नुभयो,“पालिकाका ८ वटा वडा मध्य १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ ।

अन्य वडाको पनि सम्झौता भईरहेका छन् । तर वडा नं। १ का वडाध्यक्ष प्रेम कठायतले सक्रियता देखाउनु भयो । उहाँलाई प्रोत्साहन गर्न सम्मान गरेका हौ । अन्य वडाध्यक्षलाई पनि सिकाई हुने छ । भने राम्रो काम गर्ने जनप्रतिनिधि कर्मचारीलाई उर्जा थप्न सम्मान प्रोत्साहनका कार्यक्रम गर्न आबश्यक छ ।”

तातोपानीमा नयाँ हाकिममा रुपमा मिलन बुढ्थापा आएसंगै रचनात्मक कार्यको शुुरुवात भएको जिल्ला पृथक सन्देश दिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो । जुम्लाका कुनै पालिकाले हाल सम्म समयमै योजना सम्झौता गर्न सकेका छैनन् । तातोपानीले नयाँ शुरुवात गरेको छ । जसले पालिकाको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस