स्तरबृद्धिमा लाखौ बजेट स्वाँहा,सडकको अबस्था उस्तै

कर्णालीपोष्ट डेली

फाइल तस्बिर

जुम्ला । कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला बजार देखि मुगु खत्याड जाने सडक बाटोमा उपभोक्ता समिति र ठेकेदारहरुले सडक पन्छाउने वा छाट्ने काम गरेर करोडौं बजेट पचाएका छन् ।

साविकको विराट गाउँ विकास समितिबाट रु १९ लाख ,जिल्ला विकास समिति जुम्लाबाट रु १७ लाख , जिल्ला विकास समिति मुगुबाट रु २२ लाख , खत्याड गाउँ पालिका मुगुबाट रु ७ लाख कनका सुन्दरी गाउँपालिका बाट पहिलोपटक रु १५ लाख ,दोस्रो पटक रु १० लाख, तेस्रोपटक रु ७ लाख, चौथोपटक रु १० लाख, पुर्वधार विकास कार्यलय जुम्लाबाट रु १ करोड र खत्याड गाउँ पालिकाले सात सय मिटर रोड ग्राबेल गरको छ । यसको लागत रकम खुलासा हुन सकेको छैन ।

गोठिज्युला देखि कालाकाँडा सम्म जुम्लाको कनका सुन्दरी गाउँपालिकाको सिमाना पर्छ यसमा ७ किलोमिटर भएको बाटोमा पटकपटक बजेट पालिकाले हालेको कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् ।

उनको अनुसार नालि काट्ने, ग्राबेल गर्ने, होम पाइप हाल्ने ,रोड साँघुरो भएको ठाउँमा फराकिलो बनाउने ,ग्यामिन हाल्ने र खाल्टाखुल्टि भर्ने भनेर कनका सुन्दरी गाउँपालिकाले पटकपटक गरेर रु ४२ लाख हालेको भण्डारीले बताइन् ।

मुगुको खत्याड गाउँपालिकाको लागि व्यापार र विकास मार्ग गोठिज्युला कालाकाँडा सडक बाटो पर्छ । खत्याड गाउँपालिका अध्यक्ष उब्जन शाहिले बताए । शाहिका अनुसार,“गोटिज्युला बजारमा लामो समय सम्म सामान रोकिए पछि खत्याड गाउँपालिकाबाट रोड मर्मतको लागि रु ७ लाख हालेको बताए ।”
गोठिज्युला देखि कालाकाँडा सम्म बजेट धेरै पटक हालियो तर गाडी नियमित रुपमा चल्ने रोड भएको छैन कनका सुन्दरी ३ बासी बताउछन् ।

उपभोक्ता समिति र ठेकेदारहरुले रोडमा डोजर लगाउने बाटो काट्दा अलिकति काट्ने , टाक्कटुक्क पार्ने, बाटो पन्छाउने झार्ने काम जस्तो गरेर डोजर मालिक र ठेकेदारहरुले पैसा कमाउने काम भएको बुढु गाउँ वासी बताउँछन् । बुढु वासीका अनुसार,“१० पटक सम्म रोड काट्दा जग्गा जमिन विगारेको बताउँछन् ।”

करोडौं करोडौं रकम खर्च गरेर पनि न त गाडी नियमित रुपमा चल्न पाएका छन नत रोड गुणस्तरीय बन्यो नत ग्राबेल भयो । कालो पत्रेको त कुरै नगरौँ । यो रोडमा अर्काे समस्या भनेको कालाकाँडा लेक भएकोले हिउँ धेरै पर्छ चिसोमा ठाँडो जम्ने र माटोमाटो भएको रोड भएको हुँदा वर्खाको समयमा रोड खाल्डाखुल्डी परेर गाडि चल्न सक्दैनन ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस