जुम्ला । कनकासुन्दरीको केन्द्र विन्दु तोक्नको लागि रविलाल आचार्यको संयोजक्तोमा ६ सदस्यीय वार्ता टोलि सोमवार गठन गरिएको छ ।
वार्ता टोलिमा स् वडा नम्बर ४ का वडा अध्यक्ष रविलाल आचार्य संयोजक , प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायत सदस्य ,वडा नम्बर १ का वडा अध्यक्ष हरि भण्डारी सदस्य , २ वडा अध्यक्ष शेर वहादुर रावत सदस्य , ७ नम्बर वडा अध्यक्ष धन्जित रोकाया सदस्य र वडा नम्बर ८ का वडा अध्यक्ष रत्नलाल उपाध्याय सदस्य वार्ता टोलि गठन गरिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायतले बताए ।
उनका अनुसार वडा नम्बर ३ का वडा अध्यक्ष मुनविर बुढाले गोटिज्युला हुनु पर्छ , वडा नम्बर ५ का वडा अध्यक्ष बिर्ख खत्रीले लुड्कु हुनु पर्छ र वडा नम्बर ६ का वडा अध्यक्ष जग्गि प्रसाद आचार्यले गोरुचौर हुनु पर्छ । भनेर यी तिनै वडा अध्यक्षको आ( आफ्नो अढान गरेपछि वार्ता टोलि गठन गरिएको र तिनै वडा अध्यक्षलाई वार्तामा नराखेको कठायतले बताए ।
कनकासुन्दरी केन्द्र तोक्नको लागि धेरै पटक कार्यपालिकाको बैठक बसेर पनि सहमतिको आधारमा टुङ्गो लाउन नसके पछि कार्यपालिकाले वार्ता टोलि गठन गरेको वार्ता टोलि संयोजक रविलाल आचार्यले बताए ।
आचार्यको अनुसार अबको एक हप्ता भित्र गाउँपालिका कहाँ राख्ने मापदण्ड अनुसार जग्गा भएको ठाउँमा वार्ता टोलिले केन्द्र तोकेर कार्यपालिकामा पेश गर्नेछौं ।यदि वार्ता टोलिले तोक्न नसकेमा चुनाव प्रक्रियामा जाने आचार्यले बताए ।