जुम्ला । पातारासी गाउँपालिकाको दोस्रो चौमासिक समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८÷८९ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
दोस्रो चौमासिक सम्मको प्रगती समिक्षा गर्न,नागरिकका गुनासा सुन्न,योजना सम्झौताबारे जानकारी गराउन र सुशासन पारर्दशिताको कायमका लागि दोस्रो चौमासिक समिक्षा तथा सार्वजानिक सुनुवाई गरिएको पातारासीका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए ।
उनले भने,“दोस्रो चौमासिकमा समष्टीगत प्रगती भन्दा पनि विषयगत शाखाको प्रगती सुन्ने,नागरिकका जिज्ञासा सम्बोधन गर्ने,समयमै योजना सम्झौता गर्नेबारे सुझाउ उदेश्यले सार्वजानिक सुनुवाई गरेका हौ । यस्ता कार्यक्रमलले सेवा प्रवाहमा सहजता तथा पारदर्शीता कायम हुने विश्वास छ ।”
चालु आवमा पारातासीका ७ वटै वडामा तर्जुमा भएका झण्डै १ सय बढी योजना मध्य ३५ बढी योजना सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत धितालले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृतका रुपमा विष्ण प्रसाद धिताल आइसकेपछि जिल्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा दोस्रो चौमासिक समिक्षा तथा सार्वजानिक सुनुवाई भएको हो ।
प्रत्यक चौमासिकमा सरकारी कार्यालयले आफ्ना गतिविधि सार्वजानिक गर्नु पर्ने भएपनि कुनै स्थानीयत विषयगत कार्यालयले गरेको पाइदैन् । सार्वजानिक सुनुवाई ऐन २०५५ को नियमावली २०५६ अनुसार अनिवार्य सार्वजानिक सुनुवाई गर्नुपर्ने प्रावधान अनुसार पातारासी गाउँपालिकाले शुरुका वर्षदेखि नियमित सार्वजानिक सुनुवाई गर्दै आएको छ ।
आगामी दिनमा पनि नियमित सार्वजानिक सुनुवाई गर्ने पातारासी गाउँपालिकाले जनाएको छ ।
पातारासीमा विद्युतको विकास नमुना रुपमा भएको छ । जिल्लाकै पहिलो उज्यालो पालिकाका रुपमा घोषणा गर्ने तयारीमा पनि पारारासी जुटीरहेको छ । पातारासीको पूर्वाधार विकासलाई प्रभावकारी देखि सेवा प्रवाहलाइ सहज बनाउन आफु प्रतिबद्ध रहेको प्रमुख प्रशासकिय अधिकृत धितालको भनाई छ ।
पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले पातारासीले जनताले महसुश गर्ने गरी काम गरेको बताए । कानुनी अड्चन,बजेटको अभाव लगायतका कारणले अपेक्षित रुपमा काम गर्न नसकेपनि संघियताको मर्म अनुसार विकास गर्न जनप्रतिनिधि प्रयासरत रहेको अध्यक्ष बोहोराको भनाई छ ।
दोस्रो चौमासिक समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रममा पाताारासी गाउँपालिकाका उपाध्यक्ष, विषयगत शाखाका प्रमुख,कर्मचारी र ७ वटै वडाका वडाध्यक्ष र स्थानीयको सहभागिता रहेको थियो ।
समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण रेडियो कर्णाली एफएम जुम्लाले गरेको थियो ।