सेनाको ब्यारेक तथा गणमा रोपियो ६ सय स्याउ र ओखरका विरुवा

जुम्ला । सेना दिवस तथा शिवरात्रीको अवसरमा जुम्लामा नेपाली सेनाले स्याउ र ओखरका विरुवा रोपेको छ । नेपाली सेना नं २४ वाहिनी अड्ढा जुम्लाले आफ्नो परिसरमा दुईसय स्याउका विरुवा,एक सय ओखर विरुवा रोपेको छ । भने, नेपाली सेनाको नन्दबक्स गण जुम्लाले तीन सय स्याउका विरुवा रापेको छ ।

नम्बर २४ वाहिनी अड्ढा ब्यारेक र नन्दाबक्स गण जुम्लामा महाशिवरात्री तथा सेना दिवसका अबसरमा पाँच सय स्याउका विरुवा र एक सय ओखरका विरुवा रोपिएको गणपति रविन थापाले बताउनुभयो ।

गणपति थापाका अनुसार स्याउ विरुवाले ब्यारेक राम्रो पनि देखिने र अर्कोतिर उत्पादनमा जोड दिने हिसावले नेपाली सेनाले स्याउ र ओखरका विरुवा रोपेको छ । वाहिनीपति केसी, गणपति रविन थापा, जिल्ला वन कार्यालयका प्रमुख दिनेशजंग खत्रि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोख्रेल सहितका सरोकारवाला निकायहरुले विरुवा रोपेका थिए ।

गणपति रविन थापा नेपाली सेनाले २४ नम्बर वाहिनीमा आफ्नो परिसरलाई पछिल्लो समय कृषिमय समेत बनाउदै आएको छ । यस भन्दा पहिला पनि वाहिनीपति केसीले एक हजार दुईसय विरुवा रोपेको र तीनसय विरुवा स्याउ फल्न थालेका बताउनुभयो । उहाँले यसपटक नन्दा वक्स गणमा रहेको परिसरमा समेत शिवरात्री र सेना दिवसको अवसरमा स्याउ विरुवा रोपिएको बताउनुभयो ।

स्याउ प्रयाप्त मात्रामा उत्पादन हुने भूमि भएकाले खाली जमिनमा स्याउ लगाउनु उपयूक्त भएकाले अहिले स्याउ रोपनीमा बृद्धि भएको छ ।

 

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस