
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका कार्यसम्पादनमा जिल्लाकै अब्बल गाउँपालिकाका रुपमा सावित भएको छ । राष्ट्यि प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा जुम्लाका आठ स्थानीय तह मध्य गुठिचौर गाउँपालिका पहिलो भएको हो । स्थानीय सरकार सञ्चालन भएदेखि हाल सम्म गरेको काम तथा सेवा प्रवाहको मुल्यांकन गर्दा गुठिचौर पहिलो भएको छ ।
आयोगले आगामी आव २०७९÷०८० मा स्थानीय सरकारलाई समानीकरण अनुदान दिनका लागि कार्यसम्पादनका आधारमा गरिएको मूल्याङ्कनको प्रतिवेदन गएको फागुन १८ गते सार्वजनिक गरेको थियो ।
सोही प्रतिवेदन अनुसार जुम्लाका आठ स्थानीयतह मध्य गुठिचौर गाउँपालिका ६५.०२ अंक सहित पहिलो भएको गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले बताउनुभयो । पहिलो कार्यकालमा गरेका काम तथा सेवा प्रवाहको आयोगले सहि मुल्यांकन गरेकामा जनताका काम गर्ने थप उर्जा मिलेको उल्लेख गर्नुभयो ।
वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचकलाई आधार बनाएको थियो । अध्यक्ष भण्डारीले भन्नुभयो,“सबै सूचक अनुसार काम गरेर कार्यसम्पादनमा जिल्लाकै पहिलो पालिका हुनुमा आम सरोकारवालाको सहयोग छ । जिल्लाकै पहिलो गाउँपालिका बन्नुमा बजेटको सहि सदुपयोग, सबै वडाहरुमा पूर्वाधार विकास,कर्मचारीको सहयोग,स्वास्थ्य सेवा,जेष्ठनागरिकको सुरक्षा,चुस्त सेवा प्रवाह लगायतका कारणहरु छन् । कामको सहि मूल्याङ्कन हुँदा हर्षित छौ ।” यसका साथै कर्णालीका ७९ वटा स्थानीय तहमध्य हुम्लाको सिमकोटा गाउँपालिका भने ७५.३१ अंक सहित प्रदेशकै पहिलो भएको आयोगको प्रतिबेदनमा उल्लेख छ ।
गुठिचौरका प्रमुख प्रशासकिय अधिकृत मदन प्रसाद देवकोटाले भौगोलिक विकटता,सिमित स्रोतका बीच पनि कर्मचारी जनप्रतिनिधिको सक्रियताले पालिका पहिलो भएको बताउनुभयो । अब आगामी दिनका लागि चुनौती र जिम्मेवारी थपिएकोले प्रदेशकै उत्कृष्ट हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्य सम्पादनमा जिल्लाकै पहिलोको भएपछि गुठिचौरको चर्चा हुन थालेको छ । काम गर्ने शैलीका हिसाबले गुठिचौर अन्य पालिकाको प्रेरणा बन्न सफल भएको छ ।
गुठिचौरमा चार वर्षमा केके भए ?
कार्य सम्पादनामा जिल्लाकै पहिलो भएपछि गुठिचौर गाउँपालिकाले विहिबार पत्रकार सम्मेलन गरी पाँच वर्षमा भएका प्रगती विवरण सार्वजानिक गरेको छ । कार्यकाल सकिन दुई महिना बाँकी रहँदा पाँच वर्षमा शिक्षा,स्वास्थ्य,पूर्वाधार,कृषि,संचार,सिचाई,खानेपानी लगायतका विभिन्न क्षेत्रमा गरेका कामहरुको सार्वजानिकीकरण गरेको हो ।
यस्तो छ गुठिचौरको पाँच वर्षे प्रगती विवरण
नेपालको संविधान २०७२ जारि पश्चात स्थापना भएका स्थानिय तहहरु मध्ये गुठिचौर गाउँपालिका एक स्थानिय तह हो ।
गुठिचौर गाउँपालिका स्थापना भएदेखि हाल सम्म गरेका कार्यहरु
- झारज्वाला घट्ट लिफ्ट ईरिगेशन र विगारे लिफ्ट ईरिगेशन
- रेडियो गुठिचौरको स्थापना तथा संञ्चालन
- गरिव संग अध्यक्ष कार्यक्रम अन्तर्गत गरिव जनलाई उद्मि वनाउनको लागि वाख्र वितरण
- आम गुठिचौर वासिलको स्वास्थ्य सुधारको लागि औषधि खरिद गरि वितरण
- गरिव जनलाई औषधि उपचारको व्यवस्था
- ४० देखि ५९ वर्ष सम्मका एकल पुरुषत तथा महिलालाई भत्ता वितरण
- कृषि क्षेत्रमा पकेट जोन तथा व्लक स्थापन गरि सांञ्चालनमा रहेका तथा व्युटाकुलर निशेध गरिएको
- प्रविधिक शिक्षा अध्यान गर्ने छात्र छात्रालाई छात्रवृत्तिको व्यावस्था
- गुठिचौर गाउँपालिका जिल्लामै दुत निर्यात गर्ने अव्वल पालिका भएकोले कृसानको सम्मानको लागि भैसि प्रवर्दन कार्यक्रम अन्तर्गत ४० ओटा भैसि वितरण
- गुठिचौर गाउँपालिकाका स्वास्थ्य सस्थामा एसि जडान
- किसानलाई व्यावसायिक वनाउनको लागि फुजि स्याउमा अनुदान
- गुठिचौर गाउँपालिकाका प्रत्येक वस्तिमा मोटर वाटो पुगेको
- गुठिचौर गाउँपालिकाका प्रत्येक घरमा एक घर एक घारोको व्यवस्था
- प्रत्येक विद्यलयमा भुकम्प प्रतिरोधि संरचनाको विकास
- गुठिचौर गाउँपालिका उज्यालो गाउँपालिका अन्तर्गत गाउँपालिकाका सवै घर वस्तिमा विधुतिकरण गरिएको
- कोभिड १९ वाट आम जनालाई सुरक्षा दिन ५ वेडको अक्सिजन सहित कोभिड अस्पतालको स्थाना
- विकाश निर्माणको कामलाई जनप्रिय वनाउनको लागि दानसागु गोरुओडार दुईयमभिर मुडुरि सडकको कार्यआरम्भ
- गरिवको रेखा मुनि रहेका जनलाई स्वास्थ्य विमाको व्यास्था
- पर्यटकिय क्षेत्रको विकास तथा विस्तारको लागि पर्यटकिय क्षेत्रमा सडक वाटोको विस्तारगुठिचौर गापा वडा नं ४ को चिमारा मालिका र डोल्पा सम्म पुग्ने सडकको विस्तार
- आधुनिक काठेपुल निर्माण
- स्याउ वगैचा व्यावस्थापन तथा ओखर वगैचा व्यावस्थापन
- वातावरण संरक्षणको लागि वडा नं २ र ३ मा एक घर एक ग्यास
- डिजिटल गाउँपालिका
- अप्टिकल फईवर वस्तिहरुमा विस्तार भएको
- चोत्र तथा कोल्तेमा आन्तरिक पर्यटन प्रवर्दन गर्न होम स्टि संञ्चालन
- वृहत धौलिगाड खानेपानिमा गुठिचौर गाउँपालिकाले लागत साझेदारि जनाएको



