जुम्लामा उवासंघको चुनावी सरगर्मी बढ्यो,लोकतान्त्रिक र बामपन्थी प्यानल भिड्दै

जुम्ला । जुम्लामा उधोग बाणिज्य संघको चुनावी सरगर्मि बढेको छ । तीन वर्षे कार्यकाल पूरा गर्दै नयाँ नेतृत्वका लागि उधोग बाणिज्य संघ जुम्लाको १६ ओैँ चुनावी साधारण सभा उद्घाटन संगै चुनावी सरगर्मि बढेको हो ।

देशको तिन खम्बे अर्ततन्त्र नीति मध्यको प्रमुख मेरुदण्ड मानिने निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य संघ जुम्लाको १६ औँ चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि लोकतान्त्री र बामपन्थी प्यानलबीच निर्वाचन हुदै छ ।

उद्योग बाणिज्य संघको अध्यक्षका लागि दुबै प्यानलबाट उम्मेदवारी घोषणा भइसकेको छ । जसमा बामपन्थी प्यानलबाट व्यवसायी भैरब कठायत र लोकतान्त्रीक प्यानलबाट पुरिचन्द्र देवकोटाले अध्यक्षमा उम्मेदवारी दिएका छन ।

देवकोटाको प्यानलबाट प्रथम उपाध्यक्षमा डम्बर खड्का, उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी, कोषाध्यक्षमा देवेन्द्र उपाध्याय, सदस्यमा दिलबहादुर रोकाया, सुनिता श्रेष्ठ, लक्ष्मीचन्द्र भट्टराई भुपेन्द्र बुढा, कमल रोकाया र देविप्रसाद चौलागाई सहित १४ जना रहेका छन् ।

उता बामपन्थी प्यानलको प्रथम उपाध्यक्षमा नन्दराज धिताल, उपाध्यक्षमा डँगे सार्की, महासचिवमा पूर्ण आचार्य, कोषाध्यक्षमा कमलबहादुर महत, सदस्यमा पूर्णबहादुर बुढ्थापा, दलबहादुर महतारा, लोगजंग रावल र ज्ञानबहादुर सुनार सहित लेखा समिति, महिला दलित सदस्यगरी १४ जनाको उम्मेदवारी रहेको छ । १६ औँ चुनावी साधारण सभाको मतदाता संख्या ५०७ जना रहेका छन् । नयाँ नेतृत्वका लागि मंगलबार विहान ७ बजेदेखि मतदान शुरु हुने जनाइएको छ ।

निर्वाचनको पुर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै लोकतान्त्रीक प्यालनका अध्यक्ष पुरीचन्द्र देवकोटाले उद्योगी व्यवसायीक हक हित कार्यान्वयन,रैथाने बाली प्रर्बद्धन,सरसफाइ व्यवस्थापन,अनुदानमखी उद्योगको अन्त्य,साना उद्योगीहरुलाई सहुलियत कर्जाको पहल सरकार र केन्द्र महासंघ संग समन्वय गरी औधोगिक क्षेत्रको विकासमा,बजारमा सिसिटिभी जडान गर्ने,व्यवसायीको सुरक्षामा जोड दिन लागि अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

उवासंघको बरिष्ठ उपाध्यक्ष समेत रहेका देवकोटाले १५ वर्षदेखि उद्योग बाणिज्य संघको विभन्न पदमा काम गरेको अनुभव भएकोले अब नेतृत्व तहमा गएर उद्योगी व्यवासयीका समस्या समधानमा जोड दिने उहाँको प्रतिबद्धता छ ।

यता लोकतान्त्रीक प्यानलका अध्यक्ष भैर कठायतले जुम्लाको रैथानेबाली बजारीकरण सकेको,उत्पादनमुखी उद्योग स्थापना, साना उद्योगीलाई सहुलियत कर्जा का लागि पहल गर्ने लक्ष्य सहित अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो । अघिल्लो निर्वाचनमा पराजित भएका कठायतले यसपाली जित्ने दाबी गरेका छन् । यदपी स्पष्ट बहुमतका साथ जित्ने दुबै प्यनलको आआफ्नै दाबी छ ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस