संघीयता अनूकुल निजामति ऐन छिटै ल्याउन जरुरी छ ःकेन्द्रीय अध्यक्ष रावल

जुम्ला । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)का केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले कर्मचारीको अधिकारका लागि संघीयता अनुकुलको संघीय निजामति ऐन चाडै आउनुपर्ने बताउनुभयो । संघिय निजामती ऐन नआएकोले प्रदेश स्थानीय तहमा पनि ऐन निर्माण हुन नसकेको र कर्मचारीका हक अधिकार कुण्ठित भएकोले छिटै संघियता अनूकलन निजामती ऐन ल्याउन सरकार संग जोडदार माग भइरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय कर्मचारी संगठन (निजामति) जुम्लाको पाँचौ जिल्ला अधिवेशनमा जुम्ला पुग्नु भएका रावलले समायोजन विद्ययकले कर्मचारीलाई अन्याय गरेकाले चाडै संघीय निजामति ऐन ल्याउन जरुरी रहेको बताउनु भएको हो ।

समायोजन ऐन अध्यादेबाट ल्याईएको तर सरोकारवाला निकायहरु सँग समन्वय नगरी अगाडि ल्याईएको हुदा पूर्ण नभएको बताउदै समायोजन ऐनले संघीयताको कार्यान्वयन भने भएको बताउनुभयो । उहाँले अवको संघीय निजामति ऐन आएमा कर्मचारी समायोजन तथा सरुवाको बिषयमा प्रष्टाउने समेतमा जोड दिनुभयो । सरुवामा पहुँच नभई दुई बर्षमा हरेक कर्मचारीले सरुवा हुनुपर्छ भन्ने मानसिकता कायम गर्ने नितिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष रावलले कर्मचरीले जनतालाई सेवा प्रवाहमा फरकपन तथा अनुभूति दिनेगरी काम गर्न निर्देशन दिनुभयो । सेवा प्रवाहमा मुस्कान सहितको सेवा तथा सृजनात्मक काम गरेर कर्मचारीको नाम राख्न पनि अनुरोध गर्नुभयो ।

नेपालमा आर्थिक र राजनीति संघियता पुर्ण कार्यान्वयन भएपनि प्रशासनिक संघियता अझै कार्यान्वयन नभएको उहाँको भनाई छ ।

कार्यक्रममा जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले कर्मचारी स्थायी सरकार भएकाले राज्यको समृद्धिका लागि काम गर्न कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले देशको विकास तथा निति कार्यान्वयन कर्मचारीको हातमा भएकाले नेपाल राष्ट्रिय निजामति कर्मचारी (निजामति) ले प्रथामिकता राख्नुपर्ने बताउनुभयो । उहाँले अव निर्वाचनमा कुशलता देखाउन कर्मचारीलाई सुझाव दिनुभयो ।

पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले कर्मचारी र पार्टीको समन्वय थप बढ्नुपर्ने भन्दै तल्लो स्तरका कर्मचारीको हक अधिकारमा जोड दिनुपर्ने सूझाव दिनुभयो ।

माओवादी केन्द्र जुम्लाका अध्यक्ष बिरबहादुर कुँवरले माओवादीले ८ औ महाधिवेशनमा दिएको म्याण्डेट २१ औ सताब्दीको नेपाल अनुकुलको समाजबाद भएकाले सवै निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

तातोपानी गाउँपालका अध्यक्ष नवराज न्यौपानेले देश विकासमा सवैभन्दा बढि हात कर्मचारीको भएकाले संघीयता कार्यान्वयनमा कर्मचारीको ठूलो भूमिका रहेकोमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का केन्द्रीय सचिवालय सदस्य महाकृष्ण पाण्डे, कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरी सहित विभिन्न कर्मचारी संगठनका नेताहरुले अधिवेशनको शुभकामना दिदै निजामति ऐन छिट्टै आउनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष नवराज देवकोटाका अनुसार नेराकसं निजामति जुम्लाले अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भएको छ । जिल्ला अधिवेशनका लागि माओवादी निकटको कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावलको जुम्ला गृह जिल्ला पनि हो ।

 

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस