
जुम्ला । नेपाल राष्ट्यि कर्मचारी संगठन (निजामती) जिल्ला कार्यसमिति जुम्लाको अध्यक्षमा मिलन बुढ्थापा निर्विरोध चयन भएका छन् । कर्मचारी संगठनको पाँचौ जिल्ला अधिबेशनबाट तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत रहेका बुढ्थापालाई अध्यक्ष पदका लागि निर्विरोध चयन गरिएको हो । अध्यक्ष बुढ्थापा सहितको सिंहो जिल्ला कार्य समितिनै सहमतीका आधारमा चयन भएको छ ।
यस अघि संगठनको सचिव पदमा रहेर काम गर्दै आएका बुढ्थापाले सबैको सहमतीबाट अध्यक्ष पदको जिम्मेवारी सम्हालेको कर्णाली पोष्टलाई जानकारी दिए । विगतदेखिनै कर्मचारीको पेशागत सुरक्षा र हक अधिकार कार्यान्वयनका सवालमा वकालत गर्दै आएका बुढ्थापाले कर्मचारी संगठनको विरासतलाई थप सुदृढ र बलियो बनाउने उनको भनाई छ । ।
कर्मचारी समायोजनले धेरै कर्मचारीहरुले समस्या भोगीरहेकोले संघियता अनूकुल निजामती ऐन ल्याउन तीनै तहका सरकार तथा कर्मचारी संगठनको केन्द्रिय नेतृत्व संग पहल छलफल गर्ने उल्लेख गरे ।

नेपाल राष्ट्यि कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरु कार्यरत रहेको स्थानीय तहदेखि कार्यालयहरुको सेवा प्रवाहलाई जनमुखी बनाउन,भ्रष्टचार नियन्त्रण जुट्न अन्तरक्रिया छलफलदेखि सुझाब समेत दिने परिपाटीको विकास गरिने नव निर्वाचित अध्यक्ष मिलन बुढ्थापाले बताए ।
पाँचौ जिल्ला अधिबेशनबाट नेपाल राष्ट्यि कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति जुम्लाको उपाध्यक्षमा सडक डिभिजन जुम्लाका सव–ईन्जिनियर विरेन्द्र रावल,महिला उपाध्यक्षमा निर्माया अधिकारी,जितेन्द्र रावत र युवा राज न्यौपाने चयन भएका छन् ।
त्यस्तै संगठनको कोषाध्यक्षमा किरण न्यौपाने,सचिवमा उत्तम देवकोटा र सहसचिवमा जयराज कुमाइ चयन भएका छन् । पाँचौ अधिबेशनबाट पदाधिकारी सहितका ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।

पाँचौ जिल्ला अधिबेशनबाट निर्विरोध चयन भएका अध्यक्ष सहितका सबै पदाधिकारीले मंगलबारनै सपथ लिएका छन् । अधिबेशनलाई सफल बनाउन नेपाल राष्ट्यि कर्मचारी संगठन (निजामती)का केन्द्रिय अध्यक्ष हरि बहादुर रावल आफ्नो गृह जिल्ला जुम्ला पुगेका थिए । संगठनको नेतृत्वमा उर्जाशिल टिम आएकोले कर्मचारी क्षेत्रका तमाम समस्या समधानका लागि पहल हुने, संगठन विस्तार हुनेमा विश्वास व्यक्त गरे ।



