नागरिक सचेत नभए सम्म भ्रष्टचार रोक्न सम्भव छैन् ः आयुक्त चन्द

 

जुम्ला । अख्यितार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दले विकाससंगै बढेको भ्रष्टचार रोक्न स्वयम नागरिक सचेत हुनुपर्ने बताउनु भएको छ । संघियतापछि गाउँगाउँमा विकास संगै भ्रष्टचार पनि बढेको छ । उहाँले भन्नुययो,“गाउँ समाजमा भएको अनियमितता हेरेर बसेका छौ । अनियमितता विरुद्ध बोल्न सक्दैनौ । तर अख्यितारले भ्रष्टचार नियन्त्रण गरेन् मात्रै भन्छौ । सूचना बिना अख्तियार काम गर्न सक्दैन् । त्यसैले भ्रष्टचार रोक्न नागरिक सचेत हुनुपर्छ ।”

जुम्लामा शुक्रबार आयोजित भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रर्बद्धन सम्बन्धी अन्तरक्रियामा बोल्दै आयुक्त चन्दले गाउँघरमा मौलाउँदो भ्रष्टचार हेरेर बस्ने र सम्बन्धीत निकायमा सूचना नगर्ने प्रबृत्तिकै कारण अख्यियारले अपेक्षित रुपमा भ्रष्टचार नियन्त्रण गर्न नसकेको उल्लेख गर्नुभयो ।

अख्यितयार प्रति नागरिकको विश्वास घट्दै गएको ? भ्रष्टचार रोक्न नसक्ने अख्यितार खारेज गरेपनि हुन्छ ? जिल्लामै अख्तियारको कार्यालय हुनुपर्छ भन्ने प्रश्नहरुको सम्बोधन गर्दै आयुक्त चन्दले भन्नुभयो,“अख्तियार बिना भ्रष्टचार नियन्त्रण कल्पना बाहिरको कुरा हो । अख्तियार छ त सुशासन पारदर्शीता कायम भएको छ । विकास संगै बढेको भ्रष्टचार रोक्न नागरिकमाा सचेतना र जनप्रतिनिधि,कर्मचारी उपभोक्ता समितिको आँचरणमा सुधार हुनुपर्छ ।”

नागरिकका गुनासा सुन्न गाउँगाउँमा अख्तियारको टोली खटाउने तयारी भएपनि स्रोत र साधनको अभाव, नीतिगत बाधाले तत्तकाल जिल्लामा अख्तियारको कार्यालय राख्न सम्भव नरहेको उहाँको भनाई छ ।

गाउँमा हुने अनियमितताको सूचना दिन,भ्रष्टचार सहेर नबस्न, बेनामी उजुरी लिन लागि अख्यितार सधै तयार रहेको र नागरिकको सूचना बिना अख्तियार आफैले भ्रष्टचार रोक्न नक्सने कुरा सिकाउने आफै जुम्ला पुगेको आयुक्त जयबहादुर चन्दले उल्लेख गर्नुभयो ।

भ्रष्टचारबारे बोलेर समृद्ध समाज निर्माण गर्ने जिम्मेवारी नागरिकमै रहेकोले सचेत रहन आग्रह गर्नुभयो । सधै अख्तियारप्रति धारे हात लगाउनु पहिले नागरिक आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टचारबाट नागरिकदेखि जनप्रतिनिधि,कर्मचारी,उपभोक्ता समिति कोहि अछुतो नरहेको उहाँको भनाई छ ।

८ महिनामै ४२५ उजुरी दर्ता
विकाससंगै भ्रष्टचार पनि बढेको तथ्यांकले देखाउँछ । अझ संघियतापछि स्थानीय तहमा जनप्रतिनिधि,कर्मचारी र उपभोक्ता समितिको मिलेमत्तोमा भ्रष्टचार हुने गरेको छ । सार्वजानिक खरिद नियमावली,महंगो निर्वाचन प्रणाली,नागरिकमा चेतनाको कमी लगायतका कारणले भ्रष्टचार बढेको तथ्यांकले देखाउँछ ।

अख्यियारको तथ्यांक अनुसार कर्णालीका १० जिल्लाबाट चालु आवको ८ महिनामै ४ सय २५ वटा आर्थिक अनियमितताका उजुरी दर्ता भएका छन् । जसमा जुम्लाका मात्रै ३५ वटा उजुरी परेकोमा २२ वटा फट्र्यौट भईसकेका छन् । जसमा चन्दननाथ नगरपालिका विरुद्ध १२ वटा उजुरी मध्य १० फछ्र्यौट,हिमा गाउँपालिका गाउँपालिका विरुद्ध परेको ५ वटा, उजुरी मध्य ४ वटा फछच्र्यौट,सिंजा गापा विरुद्ध परेको ४ वटा उजुरीमध्य २ वटा फछ्र्यौट, भएका छन् ।

त्यस्तै,तातोपानी गाउँपालिका विरुद्ध परेका ४ वटा उजुरी मध्ये ३ वटा फछ्च्र्यौट, कनकासुन्दरी गाउँपालिका विरुद्ध परेका ३ वटा उजुरीमध्य १ वटा फछच्र्यौट,विरुद्ध २ वटा उजुरी परेकोमा १ वटा फछच्र्यौट, गुठीचौर विरुद्ध २ वटा उजुरी परेकोमा १ वटा फछ्च्र्यौट,र पातारासि गाउँपालिका विरुद्ध २ वटा उजुरी परेकोमा २ वटै उजुरी फछ्च्र्यौट भएका छन् । बाँकी सबै उजुरी प्रक्रियामै रहेका छन् ।

तथ्यांक अनुसार गत आर्थिक वर्ष नेपालभरबाट दर्ता भएका २२ हजार ६ सय २५ वटा उजुरी मध्ये १४ हजार ५ सय ३२ उजुरी फछच्र्यौट भइसकेका छन् । ८ हजार ९३ उजुरी चालु आर्थिक वर्षमा सरेका छन् ।

अख्यितायरका सहसचिव राजेन्द्र केसीले नेपालका अपुष्ट नीतिनै भ्रष्टचारको कारण भएकोले अनुसन्धान तथा भ्रष्टचार नियष्न्त्रणका लागि आयोगको क्षेत्राधिकार बढाउनु बताउनुभयो । भ्रष्टचार नियन्त्रणमा आयोगले शून्य सहनशिलता अपाएको छ । गरिबलाई मात्रै समात्ने ठुलालाई छोड्ने हुदैन । आगामी दिनमा गाउँगाउँमा अख्यितारको टोली आउने भएकोले सह िसूचना दिएर सहयोग गर्न उनको अपिल छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जुम्ला सुशासनमा निकै कमजोर भएकोले सबैको साँझा एकेबद्धताबाट भ्रष्टचार रोकिने उल्लेख गर्नुभयो ।

जुम्लाका जनप्रतिनिधिहरुले अख्तियारले आफ्नो जिम्मेवारी अनुसार काम नगरेको गुनासो गरेका थिए । भने तातोपानीका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले संघबाटै प्रमुख प्रशासकिय अधिकृत,ईन्जिनियर लेखा अधिकृत नपठाए सम्म भ्रष्टचार नरोकिने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुक्त जयबहादुर चन्दकै सहभागिताका माथिल्लो कर्णालीका सबै जिल्लामा भ्रष्टचार न्युनिकरण सम्बन्धी अन्तरक्रिया गर्ने छन् ।

 

 

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस