खेलाडी र स्थानीयले उठाए जुम्ला बजारको फोहोर !

जुम्ला । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका अर्थात जुम्लाको सदरमुकाम खंलगाको मुख्य बजारमा एक थन्कीएको फोहोर कर्णाली स्पोर्ट क्लबका खेलाडी र स्थानीयले उठाएका छन् ।

ढलबाट निकालेको फोहोरले दुर्गन्धीत भएको बजारलाई शनिवार विहान जागौ कर्णालीका यूवा र कर्णाली स्र्पोट क्लबका खेलाडहरुको अगुवाईमा तथा उद्योग बाणिज्य संघ,नगरपालिकाको सहभागीतामा सरसफाइ गरिएको कर्णाली स्पोर्ट क्लबका सहसचिव धनराज सुनारले बताए ।

उनका अनुसार नगरपालिकाको समन्वयनमा थन्कीएको फोहोर उठाइएको हो । यदपी,नागरिक सक्रिय छैनन् भन्ने भ्रमलाई चिर्न पनि शनिवार चन्दननाथ ५ का स्थानीय र खेलाडी तथा अन्य सरोकारवालाको सहभागितामा मुख्यबजार,कालेखोली लाइनको फोहोर उठाइएको सहसचिव सुनारले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा धावक हरि रोकाया देखि उद्योग बाणिज्य संघका अध्यक्ष,चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बुढ्थापाको लगायतको सहभागिता थियो ।

सरसफाइ पछि बोल्दै प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले जागौ कर्णाली र कर्णाली स्र्पोट क्लबको सामाजिक कार्य प्रतिको योगदानको नगरपालिकाले उच्च मुल्यांकन गर्ने बताए । खेलाडीको बृद्धि विकासमा नगरपालिकाले आबश्यक आर्थिक भौतिक नैतिक सबै सहयोग गर्ने समेत प्रतिबद्धता गरे ।

मेरो पसल अगाडी फोहोर गर्नु हुन्न भन्ने चेतना व्यवसायीमा नभएको र जती फोहोर भएपनि सहने तथा नगरपालिकाकै भर पर्ने प्रबृत्तिले सफा नगर बनाउन चुनौती भएको समेत उल्लेख गरे । तथापी खेलाडी नागरिकहरुको सहयोगमा बजार सरसफाइलाई निरन्तरता दिने उनको भनाई छ ।

कर तिर्छौ नगरपालिकाले नै फोहोर फाल्छ जत्ती फोहोर गरेपनि हुन्छ भन्ने बजारका व्यापारी होटल व्यवसायीको मानसिकता छ । जसले गर्दा बजार दैनिक दुर्गन्धीत बन्दै गएको छ ।

शनिवारको दिन खाली समयलाई सदुपयोग गर्न तथा सामाजिक हितका लागि बजारको फोहोर उठाउन अगुवाइ गर्ने धनराज सुनार र धावक हरि रोकायालाई प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले धन्यबाद समेत दिए ।

 

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस