ताताेपानीकाे सार्वजानिक सुनुवाई चैत १८ गते हुने

जुम्ला । ताताेपानी गाउँपालिकाकाे गत दुई आर्थिक वर्षकाे सार्वजानिक सुनुवाई हुने भएकाे छ । आगामी चैत १८ गते शुक्रबारका दिनका सार्वजानिक सुनुवाई कार्यक्रम हुँदै छ ।

विश्व व्यापी महामारीका रुपमा फैलिएकाे काेभिड लगायतका कारणले राेकिएकाे पालिकाकाे आ.व.२०७६/७७ र आ.व. २०७७/७८ काे बार्षिक सार्वजानिक सुनुवाई चैत १८ गते आयाेजना गरिएकाे ताताेपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।

उनका अनुसार दुई आवमा भएकाे विकास निर्माणदेखि सेवा प्रवाहकाे प्रगती,चुनाैती तथा समस्याका बारे आम नागरिक माझ प्रस्तुत गरिने छ ।

भने चैत १८ गते हुने सार्वजानिक सुनुवाई कार्यक्रममा पालिकाका १ देखि ८ नम्बर वडाका सम्पुर्ण यूवा,बालबालिका,महिला,दलित,जेष्ठनागरिक,राजनीतिक दल,नागरिक अगुवा,जिल्ला  स्थित पत्रकारहरु ,जनप्रतिनिधि,महिला स्वास्थ्य स्वयम् सेविका लगायत सबै सराेकारवालाई उपस्थितिका लागि अनुराेध गरिएकाे छ ।

सार्वजानिक सुनुवाई कार्यक्रम ताताेपानीकाे ३ नम्बर वडा कार्यालयकाे परिसरमा हुने भएकाे छ ।

तेस्राे पक्षबाट सार्वजानिक सुनुवाई गर्नु पर्ने सार्वजानिक सुनुवाई ऐन २०५५ नियमावली २०५६ र सुशासन ऐन २०६७ अनुसार कर्णाली पाेष्ट दैनिक मिडिया हाउसले सार्वजानिक सुनुवाईकाे सहजीकरण गर्ने छ ।

रचनात्मक सुझाव तथा अर्थपुर्ण सहभागिता सहित आम ताताेबासी बासीकाे उपस्थितिकाे अपेक्षा गरिएकाे प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाकाे भनाई छ ।

यस अघि फागुन २९ गते सार्वजानिक सुनुवाई गर्ने भनिएपनि विभिन्न कारणले स्थगन भएकाे थियाे ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस