तातोपानीकोे सार्वजानिक सुनुवाईःदुई वर्षमा ३५९ योजना निर्माण,सडक प्रथामिकतामा

जुम्ला । स्थानीय सरकारले गाउँको विकटता र नागरिकको आबश्यकतालाई मध्यनजर गरी पूर्वाधार विकासलाई प्रथामिकता दिदै आएका छन् । सोही अनुसार बितेको पाँच वर्षमा जुम्लाका आठै स्थानीयतहका ६० वटै वडामा सडक पुगेका छन् ।

भने,खानेपानी,कृषि,सिचाँई,स्वास्थ्य,शिक्षा,पर्यटन क्षेत्रको भौतिक पूर्वाधार विकासदेखि नीति निर्माणमा पनि स्थानीयतह अग्रसर भएको देखिन्छ । यसैबीच जुम्लाको तातोपानी गाउँपालिकाले पनि विगत दुई आर्थिक वर्षमा पूर्वाधार विकासलाई जोड दिदैँ आएको पाईएको छ ।

शुक्रबार पालिकामा आयोजित आव २०७६÷७७ र आव ०७७÷७८ को सार्वजानिक सुनुवाई कार्यक्रममा प्रस्तुत प्रगती विवरण अनुसार शिक्षा,स्वास्थ्य,यायातात पूर्वाधार,खानेपानी,सिचाँइ,पर्यटन लगायतका क्षेत्रमा पूर्वाधार विकासलाई जोड दिदै ३ सय ५९ वटा योजना निर्माण गरेको पाइएको हो । कोरोना महामारीले गत दुई आवको सार्वजानिक सुनुवाई रोकिएको थियो ।

असिमित नागरिकका आबश्यकता र सिमित स्रोतका बीच पनि तातोपानीले पालिकाका ८ वटै वडाको विकटता र आबश्यकतालाई मध्यनजर गरी पूर्वाधार विकासमा जोड दिएको प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो । उहाँले सार्वजानिक सुनुवाईमा पालिकाको आयव्यय समेत प्रस्तुत गर्नुभयो । स्रोत भएर पनि आन्तरिक आयमा स्थानीयतह कमजोर भएकोले आयबृद्धिमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै तातोपानीका अधिकृत स्तर छैटो ओम बहादुर चन्दले आव २०७६÷७७ र आव ०७७÷७८ को प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । जसमा आव २०७६÷७७ मा ६ करोड २४ लाख ७० हजार लागतका १ सय ४७ वटा योजना निर्माण सम्पन्न भएका छन् । पुँजिगत तर्फ विनियोजित १२ करोड ३९ लाख ५८ हजार मध्य कोरोना कहरका बीच ५० दशमलब ३९ प्रतिशत विकास खर्च भएको छ । यस आवमा सबैभन्दा बढी यातायात सडक पूर्वाधारका ४१,सिचाईका २४, भवन १३ लगात १ सय ४६ योजना निर्माण सम्पन्न भएका हुन् ।

त्यस्तै,आव ०७७÷७८ मा तातोपानीले झण्डै १२ करोड ७१ लाख ४५ हजार ४ सय रुपैया खर्चेर झण्डै २ सय १३ वटा विभिन्न योजना निर्माण गरेको छ । बजेट खर्च हुने समय चैत यता दोस्रो लहरको कोरोना फैलिएपछि लक्ष्य अनुसार बजेट खर्च हुन सकेन् । जसका कारण पुँजिगततर्फ विनियोजित कुल २१ करोड १४ लाख ८१ हजार बजेट मध्य ६० दशमलव १२ प्रतिशत अर्थात साढे १२ करोड बढी मात्रै खर्च भएको छ ।

विशेष गरी सडक,सिचाँइ,कृषि र शिक्षाको विकासमा प्रथामिकता दिइएको छ । दुई वर्षमा सिचाईका ३८ र सडकका झण्डै १ सय योजना निर्माण भएका छन् । भने शिक्षामा स्थानीय खषभाषाको पाठ्क्रम निर्माण र शिक्षकको क्षामता विकामा जोड दिइएको छ ।

दुई आर्थिक वर्षको प्रगती विवरण अनुसार कोरोना कहरका बीच १८ करोड ९६ लाख १६ हजारबढी रकम खर्चेर पालिकाका ८ वटामा शिक्षा,स्वास्थ्य,कृषि,सडक,खानेपानी,सिचाँईका करिब ३ सय ५९ वटा योजना निर्माण भएका छन् ।

सार्वजानिक सुनुवाईमा उठेका प्रश्नको सम्बोधन गर्दै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले शुरुवात देखिनै पूर्वाधार विकासलाई जोड दिदै समृद्ध पालिका बनाउने अभियानमा जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सिमित स्रोतले नागरिकका सबै अपेक्षा पक्कै पुरा भएका छैनन् । तर गाउँगाउँमा सडक,खानेपानी,सिचाँई पुगेको छ । पालिकाका २८ वटै विद्यालयमा अर्गानिक खाजा खुवाउने नीति बनेको छ । आफ्नै एम्बुलेन्स छ । कृषिमा यान्त्रीकरण बढेको छ । वर्षौदेखि पानीले काकाकुल बाइराँका गाउँमा पानी पुगेको छ । १ हजार जनालाई विभिन्न दिईसकेका छौ । पालिकाको नाममा जग्गा पास गरेका छौ । यस्तै थुपै्र काम भएका छन् । तर नागरिक सधै भएन मात्रै भन्छन् । सबैथोक एकैपटक हुदैन् । समग्र विकास हुन सयम लाग्छ ।”

कार्यपालिका सदस्य आदीप्रसाद न्यौपानेले विगतको भन्दा विकास निर्माण र सेवा प्रवाह राम्रो भएपनि अपेक्षित रुपमा नागरिकले संघियताको महसुश नगरेको बताए । ३ नम्बर वडाध्यक्ष डिल्ली रावलले नेपालमा आर्थिक प्रशासनिक र राजनीतिक संघियता कार्यान्वयनको चरणमै रहेकोले अपेक्षा अनुसार विकास नभएपनि भएका विकासलाई सकरात्मक रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो । सार्वजानिक सुनुवाईमा राजनीतिकर्मी,जनप्रतिनिधि,नागरिक अगुवा,पत्रकारहरुको सहभागिता थियो । तातोपानीलाई सृमद्ध बनाउन सबैको साँझा एकेबद्धता हुनुपर्नेमा नागरिकको जोड छ ।

 

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस