सिँजा । कनकासुन्दरी गाउँ पालिकाकाे गाेटिज्युला देखि कालाकाडा हुदै मुगुकाे खत्याड जाने ४ सय मिटर डबललेन सडकको निर्माण भएकाे छ ।
सडक निर्माण हुदा भिगाडे, रुप्सिकाेट, बुढुकाेट खानेपानी आयाेजनाकाे पाइप डाेजरले फुटाएपछि काेटघर स्वास्थ्य चौकी , पाण्डगुफा माध्यमिक विद्यालय काेटघर , वडा नम्बर ८ वडा कार्यालय र भट्टभण्डारी गाउँका १३० घरधुरिकाे खानेपानी विनाश भएको छ ।
दुई हप्ता देखि पाण्डगुफा स्वास्थ्य चौकीमा खानेपानी नअायर हाहाकार भएको स्वास्थ्य चौकी इन्चार्ज जयलाल उपाध्यायले बताए ।
उनका अनुसार स्वास्थ्य चौकीमा सरसफाई र कपडा धुनकाे लागि हिमा नदिमा जाने गरेका छौँ ।खानेपानी नजिकैको संञ्जेलवाडा गाउँबाट बाेकेर खाने गरेकाे उपाध्यायले बताए ।
पाण्डगुफा माध्यमिक विद्यालय काेटघरमा पनि खानेपानीको समस्या भएको छ । केही विद्यार्थी र शिक्षक घरबाटै पानी बाेकेर खाने गरेका छन प्राधानाध्यापक दिपेन्द्र राेकायाले बताए ।
चैत ,बैशाखकाे चर्को घाँममा पानीको तिर्खा बढि लाग्ने र घरबाट ल्याएकाे पानी बट्टामा ताप्ने भयकाले प्राय जसाे हिमा नदिकाे पानी खाने गरेका छौँ , राेकायाले बताए ।
यश भन्दा अगाडि हाम्रो गाउँमा घरघरै पानीका धारा अाउथ्ये अहिले गाेटिज्युला बजार देखि सडक खनेर १३० घरमा खानेपानी नै अायकाे छैन स्थानीय सान्ति उपाध्यायले बताइन् ।
उनले भनिन याे खानेपानी नल्याउदै अगाडि भट्टभण्डारीवाडा गाउँ हिमा नदिकाे पानी खाने गरेका थियौं ।
तीन वर्ष भयाे धाराकाे पानी खाने गरेकाे अहिले फेरि दुई हप्ता जति भयाे हिमा नदिमा पहिलेकै जस्तो खाने गरेकाे उपाध्यायले बताइन् ।
उपाध्यायका अनुसार कपडा धुन , नुहाउन , गाईगाेरु ,भैंसी र भेडा बाख्रालाई पानी खुवाउन पनि हिमा नदि लिनु पर्छ ।
मानिस भने नजिकैको छिमेकी गाउँ पाउसेरामा गयर पानी ल्याउने गरेका छौँ ,र कसै कसैले त हिमा नदिबाट बाे केर खाने गरेकाे उपाध्यायले बताइन ।
धेरै मेहेनेतका साथ कनका सुन्दरी काे ३ नम्बर वडाबाट ८ नम्बर वडामा खानेपानी ल्यायकाे खानेपानी अध्यक्ष लक्ष्मि प्रसाद भट्टले बताए ।
भट्टका अनुसार अहिले १ हप्ता भइसक्याे पानी बनाउन लागेकाे बनाउन सकिएकाे छैन ।
डाेजरले खनेर कतै पाइप धेरै गहिराइमा पारेकाे र जताततै फुटालेले सडक भरि पानी नै पानी अाउने बनायकाे छ । याे खानेपानी बनायर अब सम्भावना छैन ,फेरि यसलाई बजेट हालेर सुधारमा जानू पर्ने भट्टले बताए ।
त्यहाँबाट पाइप गाडेर ल्याएकाे ड्याम खानेपानी वडा नम्बर ६द लाहर्ज ,पछाइवाडा र गाेरुचाौरमा पनि १ महिना सम्म पानी खान नपाएको वडा ६ का वडा अध्यक्ष जग्गि प्रसाद अाचार्यले बताए ।
उनले भने तत्काल महिले मर्मतकाे लागि कामदारलाई १० हजार दिएर बनाइएको छ।