वडाध्यक्षमा बल बहादुर रोकाया (बिबिसी) जुम्लीको स्वतन्त्र उम्मेदवारी घोषणा

जुम्ला । हिमा गाउँपालिका वडा नम्बर ३ माेफ्ला निवासी यूवा बल बहादुर रोकाया (बिबिसी) जुम्लीले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहका निर्वाचनमा हिमा गाउँपालिका ३ नम्बर वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् ।

झण्डै ९ वर्ष बैदेशिक रोजगारीमा बिताएका रोकायाले रोजगारी सृजना,आर्थिक विकास,उधमशिलता विकास,घरघरमा खानेपानी,पू्र्वाधार विकास तथा निशुल्क स्वास्थ्य शिक्षा र आर्थिक पारदर्शिता कायम लगायतका चुनावी एजेण्डाका साथ वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

युवालाई राजनीतिमा अबसर दिने परिपाटिको विकास अझै नभएको विभिन्न पार्टिमा पहुँचल पावर बढि हावि भएकोले वडाको विकास,यूवाको चाहना र आफ्नो भिजन देखाउनका लागि पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बल बहादुर रोकायाले बताए ।

लोकतन्त्रको सुन्दर पक्ष मानिने निर्वाचनमा हार जित हुन्छ । उनले भने,“राजनीतिलाई सेवा भन्दा जागिर सम्झिनेलाई अझै पनि जिताएमा विकास,भ्रष्टचार नियन्त्रण सम्भव छैन् । आम जनताले एक पटक सेवा गर्ने अबसर दिएमा युवाले गर्न,सक्ने विकास देखाउने आँट छ । भने,युवालाई राजनीतिमा अबसर दिन कन्जुसाई गर्ने प्रबृत्ति विरुद्द लडाई हो । विकास र समृद्दिका लागि हो,मेरो स्वतन्त्र उम्मेदवारी आशा छ जनताले साथ दिने छन् ।”

कृषिमा अनुदान,शैक्षिक गुणस्तर ८० उकास्ने,वडाका सबै बस्तिमा पाँच वर्षमा गाडि गुडाउने,कार्यभार सम्हालेको दिन र पद छोड्दा सम्पत्ति विवरण सार्वजानिक गर्ने,यूवालाई प्रोत्साहन गर्न निरब्याजी ऋणको व्यवस्था गर्ने,हरेक महिनाको अन्तमा वडाको मासिक खर्च सार्वजानिक गर्ने,व्यवसायिक वातावरण सृजना गरि कर असुलीलाई जोड दिने,वडाभरीका सबै नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने लगायतका जनताका आधारभुत आबश्यकता विषयलाई प्रथामिकता दिदै उम्मेद्ववार रोकायाले झण्डै १६ बुँदे चुनावी घोषणा पत्र अर्थात आफ्ना एजेण्डा आफुले गर्न सक्ने कामको घोषणा पत्र सार्वजानिक गरेका छन् ।

यस्ता छन् वडाध्यक्षका स्वतन्त्र उम्मेदवार रोकायाका चुनावी ऐजेण्डा

 

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस