जुम्ला ः नेकपा एमाले चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गरेका छन् । विकासको मेरुदण्ड भनेकै सडक र विजुली हो । सडक र विजुली भएपछि अरु विकासका ढोका खुल्ने गर्दछन् । नगरप्रमुख पदका उम्मेदवार रोकायाले गरेको घोषणापत्रमा जुम्लामा राष्ट्यि प्रसारण लाइन पुगेको छ । प्रत्येक घरमा राष्ट्यि प्रसारण लाइन विस्तार गर्नुका साथै दुई सय यूनिटसम्म न्यूनतम शुल्क तोकिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
यस्तै नगरपाकिलामा डाक्टर, ईन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि छात्रबृत्ति प्रदान गरिने बताईएको छ । घोषणापत्रमा उक्त सुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ । एमाले घोषणा पत्रमा कक्षा १ देखी १२ कक्षामा अनिवार्य र निशुल्क शिक्षा लागु गरिने भएको छ । न्यून आय भएका वालवालिकाहरुका लागि शैक्षिक राहत कोष स्थापना गरिनेछ ।
घोषणा पत्रमा हरेक वडामा कम्यूटर प्रगोगशाला, वेवि केयर सेन्टर स्थापना गरिने, एक विद्यालय एक नर्स कार्यक्रम लागु गरिनेछ । जुम्लाको बस्ति विकासका लागि पाखे चक्रपथको अवधारणा सारिने छ ।
स्थानीय स्तरमा जैविक ग्यास, वैकल्पिक उर्जाको अभ्यास मार्फत अनुदान गरिने, एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरवन्दी सहितको व्यवस्था गरिनेछ ।
यहाँको चन्दननाथ मन्दिरलाई आकर्षक पर्यटकीय गन्तब्य बनाउने घोषण पत्रमा उल्लेख छ । चन्दननाथ मन्दिर जुम्लाको ऐतिहासिक धार्मिक स्थल हो ।
कृषिमा हरेक वडामा ठूलो शित भण्डार स्थापना गरिने छ । स्याउ, ओखर, लगायत कृषिमा आधारित उत्पादनशिल व्यवसाय गरिने क्षेत्रमा सिँचाईलाई प्रथामिकता दिईनेछ ।
यसैगरी तातोपानी गाउँपालिकामा नेकपा एमाले अध्यक्षका उम्मेदवार सुरतबहादुर शाहीले घोषणा पत्र सार्वजनिक गरेका छन् ।
उनले तातोपानीका सवै गाउँमा सड्क बिस्तार गरिने, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिईने, जडिवुटि प्रशोधन केन्द्र स्थापना गरिने, जातीय लैगिक तथा विभेदमुक्त पालिका घोषणा गर्ने सहितको उल्लेख छ ।
यसैगरी तातोपानीमा एमालेको घोषणा पत्रमा एक गाउँ एक उत्पादन र दश उद्यमी निर्माण गरिने छ । वडा स्तरमा क्रमश एक घर एक धारा खानेपानी, सहिद स्मार्क स्थापना, तातोपानी धाराको स्तरबृद्धि तथा लक्षालकृति पैकलाको सालिक निर्माण गरिने छ ।
जुम्ला– जाजरकोट जोड्ने त्रिवेणी टोप्ला हुदै जाजरकोटको सड्क बिस्तार गरिने उल्लेख छ । यसैगरी एमालेले कनकासुन्दरी गाउँपालिका र तिला गाउँपालिकाको समेत घोषणापत्र सार्वजनिक गरेको थियो ।
यस्तै एमाले तिला गाउँपालिकाको पनि घोषणा पत्र सार्वजनिक गरिएको छ । पार्टी अध्यक्ष शान्तिलाल महतले घोषणा पत्र सार्वजनिक गरेका हुन् । गुणस्तरीय शिक्षाको आधार, प्राविधिक शिक्षाको विस्तार र समुदायिक विद्यालय सुधार र स्वस्थ नागरिक निरोगी तिला गाउँपालिका बनाउनका लागि क्रियाकलाप सञ्चालन गरिएने घोषणा पत्रमा समेटिएको छ ।
सहज आवागमनको आधार दिगो यातायात पूर्वाधार, उन्नत कृषि किसानको समृद्धि, विपद् तथा जोखिम व्यवस्थापन, सुखी जेष्ठ नागरिक खुसी बालबालिका, अपांगमैत्री तिला गाउँपालिका, सुशासन अव्वलता, भ्रष्टाचारमुक्त मेरो प्रतिबद्धता जस्ता विषयहरु समेटेर घोषणा पत्र जारी गरिएको छ ।