ताताेपानीलाई जिल्लाकै अब्बल पालिका बनाउने माओेबादी उम्मेदवार कुँवर र रावलकाे अठाेट

जुम्ला ।  नेकपा माओबादी केन्द्रबाट ताताेपानी गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार वीर बहादुर कुँवर(शुरेस पहाडीले) कृषि,जडिबुटि,पर्यटनले प्रचुर सम्भावना भएकाे ताताेपानी गाउँपालिकालाई जिल्लाकै अब्बल पालिका बनाउने अठाेट गरेकाे बताएका छन् ।
घाेषणापत्रमा धेरै महत्वकाँक्षी याेजनाहरु नराखेका भन्दै पालिकाकाे आर्थिक विकास,जनताकाे जीवनस्तर उकास्ने र सेवा प्रवाह,शुसासन तथा कार्यसम्पादनमा ताताेपानीलाई जिल्लाकै अब्बल पालिका बनाउने दृढ साेच लक्ष्यका साथ अध्यक्षमा उम्मेदवारी दिएकाे उनकाे भनाई छ ।

कुँवरले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न आफु प्रतिवद्ध रहेकाे पनि बताए । तातोपानी गाउँपालिका भित्रका जनताको जीवन स्तर उस्कानको लागि आत्मनिर्भर अर्थतन्त्रको विकास पहिलाे प्रथामिकता हाे। यति बेला आफु चुनावी अभियानमा रहेको बताउँदै उनले जनताको लागि जे सकिन्छ त्यहि मात्रै काम गर्ने पक्षमा रहेको उल्लेख गरे ।

प्रचुर सम्भावनालाई अबसरमा रुपान्तरण गरि आबश्यक लगानी गरेर राेजगारी सृजना तथा आर्थिक समृद्दिमा बढी केन्द्रित रहने उनकाे भनाई छ ।

पर्यटन क्षेत्रकाे गुरुयाेजना निर्माण गरि पदमार्ग,पर्यटिकय पुर्वाधार विकासमा समेत जाेड दिईने छ । उनले भने,”गाउँपालिका भित्र स्थापना भएका साना उद्योगमा लगानि गर्दै युवाहरुलाई रोजगारी दिईने छ । स्थानीय सरकारले साना उद्योगमा लगानि तथा स्थापना गरिने छ । भने शिक्षा र स्वास्थ्यकाे हाडवयर र सप्टवयरकाे पाटाेमा बराबर विकास गरिने छ । थाेरै तर देखिने खालका कार्यक्रममा ध्यान केन्द्रित हुने छ ।”

ताताेपानीमा कृषि पर्यटनकाे पनि प्रचुर सम्भावना भएकाेले लगानी बढाईने छ । कृषिमा आधुनिकीकरण र अनुदानकाे व्यवस्थापन गरिने अध्यक्ष पदका उम्मेद्वार कुँवरले जानकारी दिए ।
त्यस्तै महिला हिंसा न्युनिकरण,महिला संशक्तिकरण,दलित महिला उत्थान,पेशा अनुसारका व्यवसाय प्रर्बद्दन तथा समृद्द ताताेपानी पालिका निर्माणका लागि आफ्नाे उम्मेदवारी रहेकाे माओबादीबाट ताताेपानी गाउँपालिका उपाध्यक्षका उम्मेद्वार रेवति रावलले बताईन् ।
जनताले एक पटक सेवा गर्ने अबसर दिने विश्वास गर्दै जनभावना अनुसारका कामलाई पहिलाे प्रथामिकता दिने उनकाे भनाई छ ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस