दलित समुदायकाे उत्थानदेखि  राेजगारी सृजना र समृद्द नगरका लागि मेराे उम्मेदवारी हाे : पुर्णिमा बिक

जुम्ला । आगामी बैशाख ३० गते हुने दाेस्राे स्थानीय तह निर्वाचनकाे सरगरर्मि गाउँगाउँमा बढेकाे छ । जित हारका आआफ्नै अंकगणित पनि शुरु भएका छन् । यसैबीच चन्दननाथ नगरपालिकाकाे उपमेयर पदका उम्मेद्वार पुर्णिमा बिक(रचना)ले दलित समुदायकाे उत्थान,राेजगारी सृजना,आर्थिक समृद्दिका आफ्ना मुख्य प्रथामिकता रहेकाे बताईन् ।

तपाईकाे उम्मेदवारी किन ? तपाईमा क्षामता,याेग्यता,अनुभव के छ ? उपमेयर पदका लागि पार्टिले पत्यायाे ? भन्ने कर्णाली पाेष्टकाे प्रश्नमा जवाफ दिदै बिकले समानुपातिक,समाबेशीताकाे नीति अंगालेकाे माओबादी पार्टिले नीर्ति कार्यान्वयन गरि मलाई टिकट दिएकाे हाे । उनले भनिन,”पार्टिमा याेगदान भएरै टिकट पाएकी हु । क्षामता बिनाकाे मान्छे हुदैन् । अबसर पाएकाे खण्डमा,जनताले सेवा गर्ने अबसर दिएकाे खण्डमा चन्दनाथ नगरपालिकालाइ साच्चीकै समृद्द नगर,राेजगारीमन सम्प्नन नगर बनाउछु । यस्ता स्पष्ट नीति छन् ।”
मेराे प्रथामिकताकाे विषय दलित मुक्ति पनि हाे । मेराे उम्मेदवारी राजनीतिमा समग्र दलितकाे बलियाे उपस्थिति सुनिश्चिता पनि हाे । दलित वर्गका विभित सवाल संस्थागत गर्न,समृद्द नगर बनाउने हुटहुटीका साथ चुनावमा पार्टिले,टिकट दिदाँ म निर्वाचनमा हाेमिएकाे उल्लेख गरे ।

पुर्णिमा २०५७ सालमा देखि  माओवादी जनयूद्धमा होमिएकी थिइन । झण्डै २ दशक माओबादी राजनीतिमा सक्रिय रुपमा लागिरहेकी पुर्णिमाले ढिलाे चाडाे समाबेशिताकाे मुद्दा कार्यान्वयन भएकाे र एक दलित महिला निर्णायक पदमा पुग्न अग्रसर भएकाे बताईन् । आफ्ना अधिकांश ध्यान समृद्द नगर र  दलित मुक्ति केन्द्रित रहने उल्लेख गरिन् ।

दलित मुक्ति मार्चाको केन्दीय सदस्य हुँदै  माओबादी केन्द्रको कर्णाली प्रदेश कमिट सदस्य रहेकि विकले वर्ग विशेषका हितका लागि त्यहि वर्गकाे व्यक्ति शक्तिमा पुग्नु आबश्यक रहेकाे बताईन ।
देशैभरी दलित महिलालाई उपमेयर पदमा टिकट नदिएकाे अबस्थामा जुम्लामा एक उदाहरणिय काम गरेकाे छ ।एक पटक जनताले सेवा गर्ने अबसर दिएकाे खण्डमा मेराे क्षामता देखाउने छु ।

देशभर महिलालाई मुख्य पदमा उम्मेदवार बनाउन मुख्य दलहरुले आनाकानी गरेका बेला पार्टीले आफूलाई विश्वास गरेर उपमेयरको लागी टिकट दिइएको बताइन । जनयुद्धमै होमिएकी उनी आफ्नो सामाजिक काम गर्ने चाहना भएका कारण यो पदमा उम्मेदवारी दिएको बताउछिन ।

नगरपालिका भित्रका सम्पुर्ण दलित वर्गले एक पटक पार्टि नहेरी,व्यक्ति वर्ग हेरी भाेटलदिनेमा उनकाे विश्वास छ ।

त्यस्तै उनी संग प्रतिस्पर्धा गर्नका लागी नेपाली काँग्रेशको तर्फबाट राम देवी खड्का र नेकपा एकिकृत समाजबादी पाटीको तर्फबाट भिम थापा चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस