कृषि,पर्यटन र शिक्षामा नमुना वडा बनाउने २ नम्बर वडाध्यक्षका उम्मेद्वार बुढाकाे प्रतिबद्दता

                                                                              जुम्ला । ताताेपानी गाउँपालिकाकाे २ नम्बर वडालाई कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य र राेजगारमा नमुना वडा बनाउने वडाध्यक्षका उम्मेद्वार चन्द्रमान बुढाले बताए । वडामामा एक घर एक धारा र शाैचालयकाे नीतिलाई तत्तकाल कार्यान्वयन गर्नुका साथै पर्यटकिय वडाका रुपमा विकास गर्न लाग्ने उनकाे भनाई छ ।

घाेषणा पत्रमा भनिएकाे छ,”रैथानेबाली प्रर्बधन,भाषा साहित्य कलाकाे संरक्षण,विधालय शिक्षा सुधार,गणस्तरी शिक्षामा जाेड दिईने छ । भने, धार्मिक पर्यटकिय स्थलकाे प्रर्बधन,ईन्टरनेट,टेलिफाेन सेवाकाे पहुँच बिस्तार गरिने उल्लेख छ ।”

२०७४ काे चुनावमा काँग्रेस कमजाेर भएकाे काँग्रेसले माओेबादिलाई सहयाेग गरेपछि मैले पराजय भाेग्नु परेकाे हाे ।उनले भने,”यश पटककाे चुनावमा जित शुनिश्चित छ । यसबाट नागरिककले हाम्राे भन्दा राम्राे मान्छेलाई हेर्ने विश्वास छ ।”

यूवा प्रतिभा पहिचान,उधमशीलतअ विकास तथा वडाकाे शुसासन पार्दशितामा विशेष जाेड दिईने उम्मेदवार बुढाकाे प्रतिबद्दता छ ।

लामाे समयदेखि समाज सेवामा रहेकाे र एक पटक वडाकाे नेतृत्व गरेर जनताकाे सेवा गर्ने ईच्छा रहेकाेले सुर्य चिन्हमा भाेट गरिदिन समेत अपिल गरेका छन् ।
यस्ताे छ वडाध्यक्षका उम्मेदवार बुढाकाे घाेषणापत्र                                         

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस