प्लान नेपालको आर्थिक सहयोग तथा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालद्धारा संचालित निर्णय र नेतृत्व परियोजना मार्फत सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरीमा परिर्वतनका सम्बाहक किशोर किशोरी तयारी अबस्थामा रहेका छन् ।
आगामी दिनमा समाजका विद्यमान कुरिति विरुद्ध पैरवी गर्न उनिहरु तयार रहेको क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाईजर शेर बहादुर रोकाले बताए ।
उनले भने,“निर्णय र नेतृत्व परियोजनाले सिंजा क्षेत्रका १ हजार किशोर किशोरी बाल बिवाह न्युनिकरण, यसका असर,छाउप्रथा अन्त्य,लैगिक हिंसा अन्त्य,बालमैत्रीपुर्ण नीति निर्माणका लागि पैरबी र वकालत गर्ने लगायतका कामका लागि सचेत भएका छन् । केहि वर्ष पहिला सम्म सिंजा,हिमा र कनकासुन्दरीका ग्रामिण बस्तीमा विद्यमान कुरिती अन्त्यका लागि परिवर्तनका सम्बाहक किशोर किशोरी र निर्णय र नेतृत्व परियोजनाले उल्लेखीय सुधार ल्याएको छ ।”
जसमा हिमा गाउँपालिकाका ३ सय किशोरी र २ सय किशोर,सिंजाका १ सय किशोर १ सय किशोरी र कनकासुन्दरी गाउँपालिकाका २ सय किशोर र १ सय किशोरी गरी १ हजार परिर्वतनका सम्बाहक तयार भएका छन् ।
उनीहरुले गाउँमा हुने विभिन्न कुरितीका विरुद्धमा पैरवी गरिरहेका छन् । जसले गर्दा पछिल्लो समय कनकासुनदरीका वडा नं. ३,५ र ८ नम्बर वडाका विभिन्न वस्ती,सिंजाका वडा नंं. ३ र ६ का बस्ती र हिमाका १,३,४,५ र ७ वडाका बस्तीहरु बाल बिवाह मुक्त गाउँ बनाउने तयारीमा स्थानीय निगरानी समिति र किशोर किशोरी लागि परेका छन् ।
परियोजनाले कुरितीका विरुद्धमा वकालत मात्र गर्न सिकाएको छैन् ।
कनकासुन्दरी ३ की किशोरी अन्जली बुढाले भन्नुभयो,“सामाजिक शसक्तीकरण,क्षामता विकास र बालमैत्री नीति निर्माणका लागि पनि हामी सक्षम भएका छौ । बालविबाह र छुईप्रथा गर्ने असरका विषयमा पनि सहजै बहस पैरबी गर्न सक्षम छौ । अब वर्तमान समय र भविष्यमा हाम्रो गाउँघरमा बाल विबाह गर्दैनौ र गर्न दिन्नौ भन्ने अभियानका साथ समेत अघि बढीरहेका छौ ।”