जिसस जुम्लामा काँग्रेस र समाजवादी बीच गठवन्धन, प्रमुख आचार्य, उप्रमुखमा थकालीको मनोनयन


जुम्ला ः जिल्ला समन्वय समिति जुम्लाको निर्वाचनमा काँग्रेस र समाजवादी बीच गठवन्धन भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा समाजवादीका जनक थकालीले मनोनयन दर्ता गरेका हुन् ।
जेठ २९ गते हुने जिसस निर्वाचनका लागिका लागि काँग्रेस र समाजवादी पाँर्टीबाट मनोयन दर्ता गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला समन्वय समितिका ९ पदाधिकारी हुने व्यवस्था छ । ९ सदस्यीय मध्ये १ उपप्रमुख र १ सदस्य समाजवादी र १ प्रमुख र ६ सदस्य काँग्रेसको तर्फबाट मनोनयन दर्ता भएको हो ।
यहाँ एक नगरपालिका र ७ गाउँपालिका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा ८ स्थानीय तहको प्रमुख उप्रमुख गरी १६ जनाले मतदान गर्न पाउने छन् ।
काँग्रेस ८, माओवादी ६, समाजवादी १ र स्वतन्त्र १ गरी १६ जनाले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए ।
समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा काँग्रेसका दानबहादुर बुढासँग पराजय भोगेका हुन् । अध्यक्षमा पराजय भोगेका थकालीलाई पुन पार्टी कार्यपालिका सदस्यमा सिफारिस गरेपछि जिससको उपप्रमुखमा मनोनयन दर्ता गरेका हुन् ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस