जिसस जुम्लामा काँग्रेस – समाजवादी निर्विरोध निर्वाचित


जुम्ला ः जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा काँग्रेसका गौरीनन्द आचार्य र समाजवादीका जनक थकाली निर्विरोध निर्वाचत भएका छन् । काँग्रेस र समाजवादी बीच गठवन्धन भएपछि निर्विरोध निर्वाचित भएका हुन् । काँग्रेसले समाजवादीसँग उपप्रमुख र एक सदस्य दिएर सहमति गरी गठवन्धन गरिएको हो ।
काँग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा गंगादेवि रोकाया, धनसुर बुढा, खिमालक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढा र नरविर सुनार निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । उनले भने यस्तै समाजवादीबाट पदमबहादुर रावत निर्विरोध निर्वाचित भएका हुन् ।
यहाँका एक नगरपालिका र ७ गाउँपालिका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा ८ स्थानीय तहको प्रमुख उप्रमुख गरी १६ जनाले मतदान गर्न पाउने व्यवस्था छ । काँग्रेस ८, माओवादी ६, समाजवादी १ र स्वतन्त्र १ गरी १६ जनाले मतदाता हुन् ।
समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा काँग्रेसका दानबहादुर बुढासँग पराजय भोगेका हुन् । अध्यक्षमा पराजय भोगेका थकालीलाई पुन पार्टीले गाउँ कार्यपालिका सदस्यमा सिफारिस गरेर कार्यपालिकामा मनोनित भएपछि जिससको उपप्रमुखमा मनोनयन दर्ता गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस