
जुम्ला । जुम्लामा बाल बिवाह न्युनिकरण चुनौतीपुर्ण बन्दै गएको छ । संघियतापछि नीति बनाउने जिम्मेवारी पाएका स्थानीय सरकारले ठोस नीति नबाउनु र खोज अनुसन्धानमा लगानी नगर्नुले जुम्लामा बालबिवाह न्युनिकरण चुनौतीपुर्ण बनेको हो ।
प्लान नेपालको आर्थिक सहयोगमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले सिंजा क्षेत्रका तीन पालिकामा विगत ३ वर्षदेखि बाल बिवाह,छुईप्रथा न्युनिकरण र सशक्तिकरण तथा विपन्न बालबालिकाको शैक्षिक सुधारमा काम गर्दै आएको छ ।
सिंजा गाउँपालिका वडा नं. २ चुलेलगाउँ क्याडकै अगुवाईमा जिल्लाको पहिलो बालबिवाह मुक्त गाउँ बनाउने अभियानमा जुटेको छ । निगरानी समितिले गत वर्ष चुलेगाउँमा हुनै लागेका ४ वटा बालबिवाह समेत रोकेका थिए । भने, क्याडले सामाजिक कुरीति अन्त्य गर्न र सामाजिक शसक्तिकरणका लागि तीन पालिकामा एक हजार जना परिवर्तनका सम्बांहक समेत तयार गरेको छ ।
भने सिंजाका हिमा,सिंजा र कनकासुन्दरीका १० वटा वडामा ४० वटा सीओसी कक्षा संचालन गरी बालबिवाह विरुद्ध १ हजार परिर्वतनका सम्बाहंक तयार गरेको हो । कनकासुन्दरीका स्थानीयहरु बालबिवाहमुक्त गाउँ बनाउने अभियानमा जुटेका छन् । आफु पनि नगर्ने र अरुलाई पनि बालबिवाह गर्न नदिने कनकासुन्दरी ३ की अन्जली बुढा बताउँनु हुन्छ । बालविबाह मुक्त समाज निर्माणका लागि एक हजार किशोर किशोरी परिर्वतनका सम्बाहकका रुपमा तैनाथ भएका छन् ।
क्याड नेपालले बाल बिवाह न्युनिकरणका लागि अथक प्रयास गरेपनि सरकारी तहबाट ठोस नीति निर्माणको अभाव र खोज अनुसन्धानको कमीले बालबिवाह न्युनिकरणमा अपेक्षित उपलब्धी हुन सकेको छैन् ।
जुम्लामा मंगलबार आयोजिक अन्तरक्रिया कार्यक्रममा गैससले करोडौ लगानी गरेपनि स्थानीय सरकार उदासिन हुँदा बालबिवाह न्युनिकरणको अपेक्षित उपल्ब्धी नभएको सरोकारवालाले बताएका छन् । २० वर्ष नपुगी बिवाह गर्न नपाईने कानुन भएपनि बालबिवाहकै भोजमा जनप्रतिनिधि सहभागी हुनाले समेत समस्या थपिएको छ । नीति नबाउने र बालबिवाहलाई प्रोसय दिन जनप्रतिनिधै अग्रसर छन् ।
पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले भन्नुभयो,“बालबिवाह बढ्दै गएको छ । एकिन तथ्यांक कतै छैन् । क्याड नेपालले बालविवाह विरुद्ध सचेतना फैलाएको छ । तर बालबिवाहका भित्री कारण पत्ता लगाउन र समधान गर्न अनुसन्धान आबश्यक छ । भने, बालबिवाह न्युनिकरणका ठोस नीति बनाउन स्थानीयतहको जिम्मेवार बन्नुपर्छ ।”
सिंजा क्षेत्रका तीन पालिकालाई बालबिवाह मुक्त बनाउन क्याडको अगुवाईमा बृहत्त बहसको कार्यक्रम गरी ठोस नीति बनाउने र खोज अनुसन्धानमा जोड दिनुपर्ने उहाँको भनाई छ । स्थानीयतहकै उदासिनताले बालबिवाह न्युनिकरण चुनौतीपुर्ण बनेको छ । स्थानीयतह लाई बालमैत्री नीति निर्माणमा जिम्मेवार बनाउनु पर्ने कान्तिपुरकर्मी डिबी बुढाले बताउनुभयो ।
क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक गिरीराज अधिकारीले जुम्ला बढ्दो बालबिवाहलाई न्युनिकरण गर्न संस्था एक्लैले मात्र सम्भव नभएकोले स्थानीय सरकार संगको समन्वयलाई प्रभावकारी बनाउने बताउनुभयो । सफलताका कथा लेख्ने,खोज अनुसन्धान गर्ने,चेतना अभिबृद्धिमा जोड दिने र स्थानीयतहलाई बालमैत्री नीति निर्माणमा सघाउने कार्यक्रम संयोजक गिरीले उल्लेख गर्नुभयो । उहाँका अनुसार क्याडले सिंजाका तीन पालिकाका ४ हजार ४ सय ५३ जना विपन्न बालबालिकालाई शैक्षिक राहत उपलब्ध गराएको र १० हजार बराबरको बिमा गराइएको छ ।



