वडाध्यक्ष रोकायाद्धारा शिक्षा ऐन माथि पहिलो संशोधन प्रस्ताव पेश

सागर परियार जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तथा गाउँसभा सदस्य अम्मर बहादुर रोकायाले शिक्षा ऐन तथा नियमावली माथि पहिलो शंसोधन प्रस्ताव पेश गरेका छन् । वडाध्यक्ष रोकायाले एघारौ गाउँसभाको अबसरमा शिक्षा ऐन २०७४ र नियमावली २०७४ माथि पहिलो शंसोधन प्रस्ताव गाउँसभा अध्यक्ष तथा पालिका अध्यक्ष नन्दप्रसाद चौलागाई समक्ष पेश गरेका हुन् ।

शिक्षा ऐन २०७५ तथा नियमावली २०७४ मा व्यवस्था भएको विभिन्न बुँदाहरुमा त्रुटि भएको र ऐन नियमावली बीच एकरुपता नभएकोले पहिलो शंसोधन प्रस्ताव पेश गरेको वडाध्यक्ष रोकायाले जानकारी दिए ।

तातोपानी गाउँपालिकाको शैक्षिक अबस्था सुधारका लागि शिक्षा ऐन नियमावलीनै स्पष्ट र नबाँझिने हुनु पर्ने महसुश गर्दै ऐन नियमावलीको सुक्ष्म अध्यायन पछि शंसोधन प्रस्ताव पेश गरेको अध्यक्ष रोकायाले कर्णालीपोष्टलाई बताए ।

यता गाउँपालिका अध्यक्ष तथा गाउँसभा अध्यक्ष नन्द प्रसाद चौलागाईले शिक्षा ऐन २०७४ र नियमावली २०७४ माथि शंसोधनका लागि पेश भएको प्रस्ताव छलफलका लागि आगामी कार्यपालिका बैठकमा पेश गर्ने बताए । तातोपानी गाउँपालिकाको एघारौ गाउँसभाको अर्को बैठक आगामी आईतबार बस्ने छ ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस